काठमाडौँ । काठमाडौँको ठमेलस्थित अमृत साइन्स क्याम्पसमा प्राध्यापक आक्रमणको विरुद्धमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
३ दिनअघि अनेरास्ववियुको क्याम्पस इकाई समितिमा आबद्ध विद्यार्थीले प्राध्यापक दिवाकर पाण्डेलाई कुटपिट गरेका थिए ।
प्राध्यापकले आफूलाई आक्रमण गर्ने विद्यार्थी विरुद्ध प्रहरी वृत्त सोह्रखुट्टेमा किटानी जाहेरी दिएका छन् । प्राध्यापकले दिएको जाहेरी दर्ता गरिएको प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी दुर्गा दाहालले बताए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सो घटनामा संलग्न आरोपीलाई पक्राउ गर्न माग गरेको छ ।
अमृत क्याम्पसमा लामो समयदेखि तालाबन्दी गरिएको छ । विद्यार्थीहरूले सो तालाबन्दी खोलेर पठन पाठनको वातावरण बनाउन माग गरेका छन् ।