२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले जनप्रतिनिधिद्वारा हेटौँडा कार्यपालिकाको बैठक बहिष्कार

अ+ अ-

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका एमाले जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गरेका छन् ।

आज (मंगलबार) भएको बैठकमा दुई बुँदे कार्यविधि संशोधन प्रस्ताव राख्दै माग पूरा नहुने भएपछि उनीहरूले बैठक बहिष्कार गरेका हुन् ।

हेटौँडामा एमालेको बहुमत छ । एमालेले बैठक सञ्चालन कार्यविधि- २०७४ को १५ (२) र १५ (३) मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राखेको थियो ।

तर, मागको विषयमा मेयर-उपमेयर लचिलो नबनेपछि आफूहरूले बाध्य भएर बैठक बहिष्कार गर्नुपरेको वडा नम्बर १५ का वडाध्यक्ष तथा एमाले हेटौँडा नगर दलका प्रमुख सचेतक सुनिल मोक्तानले बताए ।

आगामी १० गते हुने नीति तथा कार्यक्रमको तयारीका लागि बसेको कार्यपालिका बैठकमा आफूहरूले नियम तथा मर्यादापूर्वक आफ्ना मागहरू अघि बढाएकोमा मेयर तथा उपमेयरले दम्भ देखाएको सचेतक मोक्तानले आरोप लगाए ।

उनले भने ‘उहाँहरु हाम्रो मागलाई सम्बोधन गर्ने पक्षमा हुनुहुन्न, पेलेर जाने पक्षमा हुनुहुन्छ, हामीले विषयगत समिति निर्माण गरेर बजेट निर्माण गरौँ भन्दा उहाँहरुले अहिले बेला घर्कियो भनेर आलटाल गर्नुभयो, यसरी नगरको हित हुँदैन ।’

बहुमत कार्यपालिका सदस्य बाहिर हुँदा समेत बैठक सञ्चालन गरेर जनमतको भावानाविपरीत काम गरेको एमालेको आरोप छ ।

हेटौँडा उपमहानगर कार्यपालिकामा एमालेबाट १८ जना, काँग्रेसबाट ९ तथा नेकपा एकीकृत समाजवादीबाट २ जना सदस्यहरू छन् । नगर सभामा पनि नेकपा एमाले ५१ जनासहित बहुमतमा छ ।