११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहमति जुटेपछि बागमती प्रदेशसभाको बैठक १ बजे बस्ने

अ+ अ-

मकवानपुर । अवरुद्ध हुँदै आएको बागमती प्रदेशसभाको बैठक आज दिउसो १ बजे बस्ने भएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले बैठक सञ्चालनका लागि सर्वदलीय बैठकमा राजनीतिक दलहरुसँग छलफल गरी सहमति जुटाएसँगै बैठक आजै दिनको १ बजे सञ्चालन हुने भएको हो ।

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट संशोधनका विषयमा दलहरुबीच सहमति भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार दलहरुबीच प्रदेश सरकारले ल्याएको बजेट संशोधन गर्ने र प्रदेशका १३ वटै जिल्लामा समानुपातिकरुपमा बजेट बाँडफाँट गर्ने विषयमा सहमति जुटेको हो ।

सहमति पछि अब नेकपा (एमाले)ले बैठक अवरोध नगर्ने भएको छ । प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लालाई समानरुपमा सम्बोधन गर्न नसकेको भन्दै संशोधनको मागसहित उक्त दलले प्रदेशसभाको बैठक अवरुद्ध पार्दै आएको थियो ।

बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिए पनि अन्य जिल्लालाई नसमेटिएको भन्दै एमालेले बजेट संशोधन गरेपछि मात्रै संसद् सञ्चालन गर्न दिने अडान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस