९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयस्तरमा यौनिक अल्पसंख्यकबारे पनि पढाइ हुने

अ+ अ-

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले अर्को शैक्षिक सत्रदेखि लागु हुने पाठ्यक्रममा तीन वर्गको लैङ्गिक पहिचानलाई समावेश गर्ने तयारी गरेको छ । नयाँ पाठ्यक्रममा पुरुष, महिला र समयौनिक व्यक्तिबारे अध्यापन हुने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

कक्षा ७ को स्वास्थ्य तथा शारीरिक शिक्षामा ‘नेपालमा हाल महिला, पुरुष र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (तेस्रोलिंगी) गरी तीन वर्गको लैङ्गिक पहिचानलाई मान्यता दिइएको’ भन्ने विषय पाठ्यक्रममा उल्लेख छ ।

विद्यार्थीले यौनिक अभिमुखीकरणको परिचय दिन सक्नेगरी आधारभूतदेखि माध्यमिक तहसम्म यो विषय अध्ययन गराउन लागिएको केन्द्रले जनाएको छ । पाठ्यक्रमअनुसार लैङ्गिक पहिचान तथा यौनिक अभिमुखीकरणको परिचयमा महिला भएर महिलाप्रति नै र पुरुष भएर पुरुषप्रति नै भावनात्मक रूपले आकर्षित हुने र पुरुष पुरुषसँगै महिला महिलासँगै प्रेम तथा यौन सम्बन्ध राख्नेलाई समलिङ्गी चनेर परिभाषित गरिएको छ ।

कुनै पनि व्यक्ति जो महिला तथा पुरुष दुवैप्रति भावनात्मक रूपले आकर्षित हुन्छ र दुबैसँग यौन सम्बन्ध राख्नेलाई दुईलिंगी वा दोहोरो यौनिकता भनेर बुझाइएको छ । जन्मँदा शारीरिक रूपमा महिला वा पुरुष भए पनि आफ्नो शारीरिक लिङ्गभन्दा विपरीत व्यवहार गर्ने व्यक्तिलाई ‘देहान्तर’को नामबाट परिभाषित गरिएको छ ।

एलजीबीटीआईक्यू सम्बन्धी भिडियो वा एलजीबीटीआईको पूरा रूप बताउँदै यौनिक परिचय र यसका प्रकारबारे पनि पर्याप्त ज्ञान हुनेगरी पाठ्यक्रममा विषयवस्तु समेटिने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस