९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व नबुझाउने १३ व्यावसायिक फर्मको बैङ्क खाता रोक्का

अ+ अ-

बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यवसायिक फर्मको बैङ्क खाता रोक्का गरी कारबाही गरिएको जनाएको छ ।

लिखित तथा मौखिकरुपमा पटक–पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेपछि सम्बन्धित करदाता र व्यावसायिक फर्मको बैङ्क खाता रोक्का गरी कानुनी कारबाही अगाडि बढाइएको कार्यालय प्रमुख मोहलाल जिसीले जानकारी दिए ।

यसरी बैङ्क खाता रोक्का गरिएकामध्ये आयकर बक्यौतातर्फ सात वटा व्यावसायिक फर्म र मूल्य अभिवृद्धि कर बक्यौता तर्फका छ वटा व्यावसायिक फर्म रहेको उनले बताए । कारबाहीमा परेका र राजस्व नबुझाएकासम्मले बैङ्किङ कारोबार गर्न नपाउने उक्त कार्यालयले जनाएको छ ।

यसैगरी चालु आर्थिक वर्ष २०७८/७९मा तोकिएको लक्ष्यभन्दा अत्यधिक राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । प्रमुख जिसीका अनुसार कार्यालयको विभिन्न शीर्षकमा रु पाँच अर्ब ७० करोड आठ लाख ५२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु छ अर्ब चार करोड ७८ लाख राजस्व सङ्कलन भएको छ । अर्थात् तोकिएको भन्दा एक सय छ प्रतिशत अत्यधिक राजस्व सङ्कलन सो कार्यालयले गरेको छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असार ३० गते सम्ममा आय करतर्फ रु एक अर्ब ११ करोड ४२ लाख ७३ हजार, घरबहाल करतर्फ रु दुई करोड ७६ लाख ७२ हजार ,ब्याजकरतर्फ रु पाँच करोड छ लाख ४२ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ९९ करोड ३६ लाख ९७ हजार, अन्तःशुल्क करतर्फ रु तीन अर्ब २४ करोड ७१ लाख ८८ हजार र स्वास्थ्य करतर्फ रु ६१ करोड ४३ लाख १० हजार राजस्व सङ्कलन भएको जनाइएको छ ।

सो अवधिमा कार्यालयको आयकरतर्फ रु एक अर्ब १२ करोड ९४ लाख ११ हजार,घरबहाल करतर्फ रु तीन करोड ५३ लाख ७८ हजार, ब्याज करतर्फ रु छ करोड ४० लाख, मूल्यअभिवृद्धि करतर्फ रु एक अर्ब ३३ करोड ४२ लाख, अन्तःशुल्क करतर्फ रु दुई अर्ब ९८ करोड ८६ लाख ३६ हजार र स्वास्थ्य करतर्फ रु १४ करोड ९२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस