२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ करोडभन्दा बढी घुस लिएको आरोपमा जवाफ दिन डा. चौरासियालाई स्वास्थ्य राज्यमन्त्रीले बोलाए

अ+ अ-

काठमाडौँ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियालाई आर्थिक अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर ताकेता गरिएको छ ।

५ करोडभन्दा बढी घुस लिएको आरोप लागेपछि आज (मंगलबार) स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले पत्र लेखेर ५ बजेभित्र मन्त्रालय हाजिर हुन निर्देशन दिएका छन् ।

१० औँ तहका डा. चौरासियाले १० अर्बको औषधी उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाख रुपैयाँ लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको आरोप लागेको छ ।

यसैगरी, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको र ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको पत्र काटेर मन्त्रालयमा उपस्थित हुन निर्देशन दिइएको हो ।

‘आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोड भन्दा बढी घुस लिएको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको छ’, मन्त्रालयले काटेको पत्रमा भनिएको छ, ‘यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएकोले वास्तविकता के भएको हो भन्ने विषयमा मन्त्रालय उपस्थित भई जवाफ दिन निर्देशन गराइन्छ ।’

विगत लामो समयदेखि खरिद र आपूर्ति शाखामा रहँदै आएका डा. चौरासिया खरिदसँग जोडिएर पटक—पटक आर्थिक अनियमिततामा तानिँदै आएका छन् ।