१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुल्चोकको डेरामा मृत फेला परे म:म पसल सञ्चालक

अ+ अ-

काठमाडौँ । ललितपुरको पुल्चोकमा एक पुरुष मृत फेला परेका छन्। 

बुधबार बिहान पुल्चोकस्थित एक घरमा डेरा गरी बसेका पुरुष मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले जानकारी दिए। 

प्रहरीले उनको पहिचान खुलिनसकेको बताएको छ।  पुल्चोक क्षेत्रमा उनी कुमार भनेर चिनिन्थे। 

उनी आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन्। उनको पुल्चोकमा म:म पसल छ।  

बिहान पसल खोल्न नआएपछि छिमेकीहरू उनलाई घरमा बोलाउन गएका थिए। तर उनले ढोका खोलेनन्। 

ढोका नखोलेपछि स्थानीय आफैँले भर्‍याङ राखेर उनको कोठामा हेरेका थिए। हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन्। 

उनी मृत फेला परेको भन्ने खबर पाएपछि प्रहरीलाई खबर गरिएको थियो। अहिले प्रहरीको टोली घटनास्थलमा छ। 

मुचुल्का उठाएर शवको पोष्टमर्टमको लागि पाटन अस्पताल लग्ने तयारी छ। 

छिमेकी इच्छाहर्ष महर्जनका अनुसार उनी दार्जिलिङका हुन्। उनी ३० वर्षयता काठमाडौंमा छन्। सोही घरमा १० वर्षदेखि बस्दै आएका थिए।

उनको २२ दिन अघि मात्रै श्रीमती पनि बितेको महर्जनले बताए। 

प्रतिक्रिया दिनुहोस