९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवौँ राष्ट्रिय खेलकुदः छोटो समयको तयारीले सकसमा खेलाडी

अ+ अ-

काठमाडौँ । छत्तीस खेलमध्ये ३१ खेलमा सहभागिता जनाउने कञ्चनपुरको आगामी असोजमा हुने बृहत् नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी भने सामान्य छ।

विसं २०३८ देखि राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएको कञ्चनपुरको पछिल्लो समय राष्ट्रिय प्रतियोगिताप्रति खेलाडीको आकर्षण भने घट्दो छ। बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता भनेको खेलाडीका लागि महाकुम्भ नै हो। यहाँस्थित तेक्वान्दोका एक खेलाडीले भने , ‘बिना तयारी नतिजाको आशा गर्ने खेलकुद नेतृत्वको क्षमता कस्तो होला भन्ने लाग्छ।’

उनले प्रतियोगिताको पञ्चवर्षीय क्यालेन्डर बनाएर खेलकुद गतिविधि बढाउनुपर्ने बताए। ‘प्रतियोगिता नजिकिँदा खेलाडी खोज्दै जानुपर्ने अवस्थाले खेलकुदमा प्रगति हुन सक्दैन,उनले भने, ‘अन्तर्राष्ट्रिय मञ्चमा खेलकुदले देशलाई चिनाउने गरेको भए पनि हाम्रो यहाँ राजनीति हावी हुँदा खेलकुदको विकास पछि पर्‍यो।’

उनले खेलाडीलाई समय दिएर जिल्लास्तरबाट छनोट हुने खेलाडीले बन्द प्रशिक्षणको पनि समय पाउनुपर्नेमा जोड दिए। भलिबल, फुटबल, तेक्वान्दो, कुस्तीलगायतका खेलमा नियमित प्रतिक्षण हुने गरेको भए पनि धेरै खेलमा लामो समयदेखि प्रशिक्षणविहीन छन्।

निकै सम्भावनाका रुपमा हेरिएको ब्याडमिन्टन खेलाडीले प्रशिक्षक नपाएको वर्षौं भइसकेको जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष मीनराज भट्टको भनाइ छ। ुबिना प्रशिक्षकका हाम्रा खेलाडीले राष्ट्रिय प्रतियोगितामा भिड्नुपर्ने बाध्यता छ, उनले भने, ‘सरकारको व्यवस्थापकीय कमजोरीले पनि खेलप्रतिको क्रेज घटेको छ।‘

उनले खेलकुद प्रतिस्पर्धाका लागि मात्रै नभएर दक्ष र अनुशासनयुक्त जनशक्ति तयार गर्न पनि अतिआवश्यक रहेको बताए। यहाँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गर्ने खेलाडी पछिल्लो समय धमाधम विभागीय टिमतिर आबद्ध हुने क्रम बढेको छ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले खेलाडी आफ्नो भविष्य सुनिश्चितताका लागि पलायन हुने गरेको बताए। ‘खेलाडीलाई संरक्षण गर्ने राम्रो प्याकेज ल्याउन आवश्यक छ’, उनले भने, ‘राम्रा खेलाडीलाई खेलकुदमा नियमित राख्न सक्ने वातावरण नै तयार हुन सकेन।’

सातौँ बृहत् राष्ट्रिय प्रतियोगिता यता मुलुकमै अब्बल देखिएको कञ्चनपुरको कुस्तीले नवौँका लागि भने खेलाडी उत्पादन गर्नुपर्ने अवस्था छ। ‘खेलाडी विभागीय टिममा जाँदा यहाँबाट खेल्न अब नयाँ खेलाडी तयार गर्दैछौँ, कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भने, ‘पुराना अब तीनरचार जना खेलाडी मात्रै यहाँ छन्।’

कुस्तीले लामो समयदेखि प्रशिक्षक हलका लागि गुहार मागिरहेको भए पनि अहिलेसम्म खेलकुदको साँघुरो कोठामा प्रशिक्षण गर्नुपर्ने बाध्यता खेलाडीलाई छ। कुस्ती, क्रिकेट, हक्की, कबड्डी, ब्याडमिन्टन, भलिबललगायतका खेलका राम्रा खेलाडी विभागीय टिममा आबद्ध छन्।

‘नवौँ राष्ट्रिय खेल असोज तेस्रो सातादेखि गण्डकी प्रदेशमा हुने भनिए पनि यहाँ अहिले खेलाडीको फारम दर्ता भइरहेको छ’, भट्टले भने, ‘प्रदेश खेलकुद परिषद्ले छनोटलाई तीव्रता दिनेछ।’

उनले कुस्ती, भारोत्तलन, कबड्डी, भलिबल, हक्की, आर्चरी र बक्सिङलगायतका खेलमा पदकको आशा गरिएको छ भने। ‘यहाँ अन्तिम अवस्थामा टिमको सहभागिताले मात्रै नतिजा राम्रो आउँदैन’, भलिबलका राष्ट्रिय प्रशिक्षक जगदिशप्रसाद भट्टले भने, ‘सुदूरपश्चिम खेलाडी उत्पादनमा अब्बल देखिए पनि संरक्षणमा भने कमजोर हुँदा खेलाडी पलायन हुने क्रम बढी छ।’

उनले खेलसँगै खेलाडीको संरक्षण र रोजगारीलगायतका विषयमा सोच्नुपर्ने बताए। ‘जीवनभर खेलेर खेलाडीले पाउने सुविधा र संरक्षणको ग्यारेन्टी मात्रै हुनसके खेलकुदको विकासले फड्को मार्नसक्छ’, उनले भने, ‘त्यसका लागि आवश्यक योजनासहित लगानी हुनुपर्‍यो।’

प्रतिक्रिया दिनुहोस