१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकपको ट्रफी सगरमाथाको वेस क्याम्पमा लगिने

अ+ अ-

काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२२ अघि भइरहेको ‘ट्रफी टुर’ का दौरान नेपालमा पनि विश्वकपको ट्रफी आइपुग्दैछ। 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार ट्रफी आगामी भदौ १४ गते नेपाल आइपुग्नेछ। 

१५ गतेसम्म नेपालमा हुने ट्रफीलाई सगरमाथाको वेस क्याम्पमा पुर्‍याइने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। 

क्यानले ट्रफीलाई सगरमाथाको वेस क्याम्पनबाहेक भक्तपुर दरबार क्षेत्र र जनकपुरधाममा लैजाने योजना बनाएको छ। 

ट्रफी टुरका दौरान निश्चित फ्यानहरूलाई फोटो खिच्ने अवसर दिइनेछ।

नेपालमा टी-२० विश्वकपको ट्रफी पहिलो पटक ल्याउन लागिएको हो। यसअघि २०१८ मा एक दिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइएको थियो। 

ट्रफी नेपालबाट सिंगापुर लगिनेछ। आइसिसीले गत असार १४ गते ट्रफी टुर सुरु गरेको थियो।

ट्रफी टुर विभिन्न १३ देशका ३५ स्थानमा गरिनेछ। नेपालसहित, फिँजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर र भानुआटुमा पहिलो पटक टी-२० विश्वकपको ट्रफी पुग्न लागेको हो।

आइसिसी टी-२० विश्वकप २०२२ सुरु हुन दुई महिना भन्दा कम सयम छ।

अस्ट्रेलियाको सात सहरमा हुने प्रतियोगिता आगामी १६ अक्टोबरमा सुरु हुनेछ। 

१३ नोभेम्बरमा हुने फाइनल खेल मेलबर्न क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा १६ टिमबिच ४५ खेल हुनेछ। 

नेपालले पनि गत वर्ष ‌ओमानमा भएको छनोटमा भाग लिए थियो। तर सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल विश्वकप २०२२ मा छनोट हुन असफल भएको थियो। 

टी-२० विश्वकप २०२२

समूह ए – नामिबिया, श्रीलङ्का, युएई, नेदरल्यान्ड्स 

समूह बी – आयरल्यान्ड, स्कटल्यान्ड, वेस्ट इन्डिज, जिम्बावे

सुपर १२ – समूह १ -अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, समूह ए विजेता, समूह बी उपविजेता

सुपर १२ – समूह २ – बङ्गलादेश, भारत, पाकिस्तान,  दक्षिण अफ्रिका, समूह बी विजेता, समूह ए उपविजेता

पहिलो चरणमा समूह ए र बिका खेल हुनेछन्। दुवै समूहका शीर्ष दुई-दुई टिम सुपर १२ मा पुग्नेछन्। सुपर १२ अन्तर्गत दुई समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्।

प्रतिक्रिया दिनुहोस