११ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रक्तघटकको मौज्दात सकिएसँगै रेडक्रसद्वारा रक्तदान गर्न आह्वान, कामनपा र नगरवासी सक्रिय

अ अ+ अ-

काठमाडौँ । असन सेवा समितिले बुधवार असन टोल र सुन्धारामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा काठमाडौँ महानगरपालिकाको विशेष सहकार्यमा कार्यक्रम आयोजना गरिएको समितिले जनाएको हो ।

‘रक्तदान जीवनदान’ भन्ने भावनाका साथ आयोजित कार्यक्रममा असनका स्थानीय बासिन्दाले रक्तदान गरेका छन् । 

कार्यक्रममा रक्तदान गर्ने सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको छ । यसैबीच, नेपाल रेडक्रस सोसाइटीले अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढ्दै गएको र रक्तसञ्चार केन्द्रमा मौज्दात घटेपछि सर्वसाधारणलाई रक्तदान गर्न विशेष आग्रह गरेको छ । 

बडादसैँको लामो बिदाका कारण केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रम सञ्चालन हुन नसकेको तथा अस्पतालमा बिरामीका लागि रगतको माग दिनानुदिन बढ्दै गएकाले अभाव भएको रेडक्रसले जनाएको छ । 

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा सबै रक्त समूहको होल ब्लड र प्याक्ड रेड ब्लड सेल (पीआरबीसी) लगायतका रक्तघटकको मौज्दात सकिएको छ । 

यसले गर्दा बिरामीलाई आवश्यक रगत व्यवस्थापन गर्न कठिनाइ भइरहेको सोसाइटीको भनाइ छ । डा. यादवले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवा–युवतीलाई रक्तदान गर्न आग्रह गरे । 

नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानमा रहेका रक्तसञ्चार सेवा केन्द्र तथा एकाइमार्फत सेवा सञ्चालन गर्दै आएको छ । 

बिरामीका लागि रगत आवश्यक परेमा वा रक्तदानसम्बन्धी जानकारी लिन केन्द्रीय रक्तसञ्चार सेवाको फोन नम्बर ०१-५३८८४८५ र ०१-५३८८४८६ मा सम्पर्क गर्न सकिने रेडक्रसले जनाएको छ । त्यस्तै, नि:शुल्क हटलाइन नम्बर ११३० मा पनि सम्पर्क गर्न सकिनेछ । 

0 Comments