१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्दाआतंक बन्द गर्न गुल्मी प्रहरीको एक्सन, विशेष टोली परिचालन

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीले कोही कसैलाई चन्दा नदिन नागरिकलाई आग्रह गरेका छन्। पछिल्लो समय चन्दाआतंक बढेपछि जिल्ला प्रशासन र प्रहरी कार्यालयले संयुक्त रूपमा चन्दाआतंक रोक्न प्रयास थालेका छन्।

पछिल्लो समय विप्लवलगायतका समूहहरूले जिल्लाका कार्यालय प्रमुख, जनप्रतिनिधि र सङ्घ/संस्थाहरूमा चन्दा मागेको गुनासो आएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । सबै किसिमको सुरक्षाका लागि आफूहरू तयार भएको भन्दै उनले त्यस्ता सूचना नजिकको प्रहरी र प्रशासन कार्यालयमा उपलब्ध गराएर सहयोग गर्न आग्रह गरेका छन्। 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले जबरजस्ती चन्दा माग भइरहेको गुनासो बढेपछि प्रहरीको विशेष टोली परिचालन गरेको जानकारी दिए। त्यस्ता व्यक्तिको पहिचान भएकाले केही दिनमा गिरफ्तार गरिने उनको भनाइ छ। 

आफूहरूको संयन्त्र सदरमुकामदेखि गाउँसम्म भएकाले निर्धक्क भएर चन्दा दिनुअघि प्रहरीलाई सूचना दिन उनले आग्रह गरे।

पछिल्लो समय जिल्लामा विभिन्न नामका सङ्गठनको नम्बरबाट फोन गरेर र कार्यालयमै उपस्थित भएर चन्दा माग्ने गरेको गुनासो बढेको छ। तर, कतिपय कार्यालय र व्यक्तिहरूले सुरक्षाको कारण देखाउँदै सुरक्षा निकायलाई जानकारी दिँदैनन्। ‘एकचोटि नभएर १० चोटि चन्दा मागेका छन्। कार्यालय सञ्चालनमै चुनौती रहेका वेला कसरी दिने चन्दा,’ एक कार्यालय प्रमुखले भने, ‘रकम दिने कि चेतावनी स्वीकार गर्ने अन्योल भएको छ।’

प्रतिक्रिया दिनुहोस