२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिट बाँडफाँटको सकस, यस्तो छ शिर्ष नेताहरुको दाबी 

अ+ अ-

काठमाडौँ । सिट बाँडफाँटका लागि सत्तारुढ गठबन्धका नेताहरु बिहीबार बिहानैदेखि बालुवाटारमा छलफलमा जुटेका छन् ।

कहिले शीर्ष नेताहरुको संयुक्त त कहिले वान अन वान छलफल हुन्छ । कार्यदलका सदस्यहरु पनि बालुवाटारमा छन् । उनीहरुसँग पनि शीर्ष नेताहरु बेलाबेला छलफल गर्छन् ।

तर राति ८ बजेसम्म पनि कुनै सहमति जुटेको छैन । छलफलमा सहभागी नेताहरुका अनुसार अहिलेसम्मको छलफल हेर्दा सहमति जुटिहाल्ने सम्भावना पनि देखिएको छैन ।

नेताहरुका अनुसार छलफलहरुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५०र५० को प्रस्ताव राखेका छन् । प्रतिनिधिसभाको कुल १६५ सिटमध्ये आधा कांग्रेसले लिने र बाँकी अरु दलले भागवण्डा गर्ने उनको प्रस्ताव छ ।

उनको प्रस्तावअनुसार सिट बाँडफाँट गर्ने हो भने कांग्रेसको सिट ८० आसपास हुने छ भने माओवादीले ५० हाराहारी सिट लिनसक्छ । एकीकृत समाजवादी र जसपाले १५-२० सिट पाउन सक्ने एक नेताले सुनाए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने कांग्रेसलाई ७० सिट मात्र लिन प्रस्ताव गरेका छन् । अरु सिट गठबन्धनमा सहभागी दलहरुमा भागवण्डा गर्ने उनको प्रस्ताव छ । कांग्रेसलाई ७० सिटमा झार्न सके आफ्नो दलले कम्तिमा २५-३० सिटसम्म पाउन सक्ने समाजवादीका नेताहरुको बुझाइ छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने आफ्नो दलले २२-२५ सिट पाउनुपर्ने अडान राखेका छन् । १२-१५ सिट लिने हो भने तालमेल गर्नुको कुनै अर्थ नहुने उनको तर्क छ । ‘अहिले ८/९ जना सांसद छन्, १२/१३ सिट लिने हो भने जित्ने ८/९ नै हो भन्ने उहाँको बुझाइ छ,’ एक नेता भन्छन्, ‘उल्टो पार्टीमा विद्रोह हुन्छ र समानुपातिकको सिट पनि घट्छ ।’

यति थोरै सिट पाउने हो भने गठबन्धन गर्नुको साटो एक्लै चुनाव लड्ने उनले बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि बाग्लुङ र प्युठान नपाउने हो भने गठबन्धन गर्नुको अर्थ नहुने बताएपछि कांग्रेस नेता अलमलमा परेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवासँगै शीर्ष नेताहरुको छलफलमा सहभागी वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ९० सिटसम्म कांग्रेस आउन सक्ने बताएका छन् । कार्यदलमा रहेका कांग्रेस महामन्त्री गगनकुमार थापाले १०० सिटको दाबी पेश गरेका थिए ।