९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आचारसंहिता असोज १२ गतेदेखि लागु

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ।

आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र विभिन्न १२ पार्टीका अध्यक्षलगायत शीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो। आयोग स्रोतका अनुसार असोज १२ देखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी भइरहेको छ।

निर्वाचनसम्बन्धी आचारसंहिता पालनामा प्रतिवद्धता जनाउन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणसहित विभिन्न पार्टीका नेताहरू आइतबार अपरान्ह निर्वाचन आयोग पुगेका थिए। नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन्। दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता व्यवहारिक बनाउन केही सुधार गर्दै जानुपर्नेमा जोड दिएका थिए।

आचारसंहिता पालना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेकपा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत आयोगमा पुगेका थिए।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेको बताए। आचारसंहिता लागु गर्न र पालना गर्न प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका शीर्ष नेताहरूबाट आइतबार प्रतिवद्धता लिइएको उनले जानकारी दिए।

आयोगले सबै राजनीतिक पार्टीको परामर्शमा आचारसंहिता निर्माण गरेको उनले बताएका थिए। आचारसंहितामा केही संशोधन गर्नुपर्ने देखिएमा आयोगले दलहरूसँग छलफल गरी सहजीकरण गर्न सकिने पनि बताएको छ। मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस