२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानुपातिक लिस्टप्रति पूर्व-माओवादी समूह असन्तुष्ट, आफुहरुलाई नसमेटे विद्रोह गर्ने चेतावनी

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा परामर्श नै नगरी समानुपातिक लिस्ट तयार पारेर निर्वाचन आयोगलाई बुझाएको भन्दै पार्टीमा असन्तुष्टि बढेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा तर्फ समानुपातिक लिस्ट बनाउँदा ओलीले पूर्व माओवादी समूहसँग छलफल नै नगरेर लिस्ट तयारी गरेपछि उनीहरू रुष्ट भएका छन् ।

पार्टीमा केपी ओलीले पार्टीसँग कुनै परामर्श नगरी खल्तीका मान्छेलाई मात्र समानुपातिकमा समेटेकाले असन्तुष्टि बढेको एक पूर्व माओवादी पदाधिकारीले बताए ।

समानुपातिक लिस्ट सार्वजनिक भएपछि पूर्व माओवादी नेताहरूलाई नसमेटेमा विद्रोह हुन सक्ने ती नेताले बताए । ओलीले आफ्नो गुटका नेताहरूसँग मात्रै छलफल गरेर पठाएपछि माओवादी समूहका नेताहरुले बाहिरै असन्तुष्टि पोख्न थालेका हुन् ।

राष्ट्रिय सभा सदस्य रामबहादुर थापा सहित प्रतिनिधि सभामा चार जनाले एमालेलाई समर्थन गरेका थिए । यस्तै सातै प्रदेशबाट १४ जना प्रदेश सभा सदस्य एमाले प्रवेश गरेका थिए । ती प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रत्यक्ष वा समानुपातिक जसरी भए पनि सांसद बनाउने ओलीले बचन दिएका छन् । ती सबैले आयोगको फाइनल लिस्ट पर्खेर बसेका छन् । एमाले महाधिवेशनमा माओवादीबाट एमाले प्रवेश गरेका ३२ जनालाई केन्द्रीय समितिमा समेटिएको थियो ।