१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षाकर्मी र विद्यार्थीबीच झडप, प्रहरीले गोली चलायो

अ+ अ-

काठमाडौँ । इरानमा हिजाबविरुद्ध चलिरहेको विरोध प्रदर्शनका क्रममा आइतबार देशको एक प्रसिद्ध विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । सामाजिक सञ्जाल र स्थानीय मिडिया रिपोर्टका अनुसार भीड हटाउन सुरक्षा बलले गोली समेत चलाएका थिए ।

सेप्टेम्बरमा प्रहरी हिरासतमा एक युवतीको मृत्यु भएपछि इरानमा सरकारविरोधी प्रदर्शन सुरु भएको थियो। हिजाब कानुनको पालना नगरेको भन्दै २२ वर्षीया मेहसा अमिनीलाई प्रहरीले पक्राउ गरेको थियो, जसको केही घण्टापछि उनी कोमामा गएकी थिइन् । प्रहरीले अमिनीलाई नराम्ररी कुटपिट गरेको र टाउकोमा लाठी प्रहार गरेको पनि आरोप छ । तर, प्रहरीले यी आरोप अस्वीकार गर्दै अमिनीको ‘अचानक हृदयघात’का कारण मृत्यु भएको बताएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा इरानको शरीफ युनिभर्सिटीमा गोलीबारी हुँदा विद्यार्थीहरू सुरक्षा बलबाट भागिरहेको देख्न सकिन्छ। अर्को भिडियोमा सुरक्षाकर्मीले कारमा बसेका मानिसहरूलाई गोली हानेको देखिन्छ। कारमा बसेर उनीहरूले विरोध रेकर्ड गरिरहेका थिए । आइतबार धेरै विद्यार्थी पहिलो पटक शरीफ विश्वविद्यालय पुगेका थिए । विश्वविद्यालयको मुख्य गेटमा विद्यार्थीहरू जम्मा भएर  प्रदर्शन गरेपछि झडप सुरु भएको बताइएको छ । 

पछिल्ला दुई रातमा इरानको राजधानी तेहरानलगायत अन्य क्षेत्रमा विरोध प्रदर्शन चर्किएको छ । आन्दोलनमा संलग्नको मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । नर्वेमा आधारित गैरसरकारी संस्था इरान ह्युमन राइट्सका अनुसार अहिले देशभर १३३ जनाको मृत्यु भएको छ। प्रशासनले आन्दोलनकारीलाई कडाइका साथ व्यवहार गर्ने बताउँदै विरोध प्रदर्शनलाई शत्रुको षडयन्त्र भनेको छ ।

प्रतिक्रिया दिनुहोस