२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना 

अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम तम्घासमा एक कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचनको लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने समय नजिकिएसँगै जिल्लाको रेसुङ्गा नगरपालिकामा रहेको जिल्ला अदालत गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकृत माया कुँवरले बताइन् । मुख्य निर्वाचन अधिकृतको रूपमा जिल्ला न्यायाधीश वसन्तराज पौडेल छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएको कुँवरले बताइन् । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले क्षेत्र नम्बर-१ हेर्ने जिम्मेवारी तोकिएको छ ।

निर्वाचन क्षेत्र नम्बर-२ को कार्यालय रेसुङ्गा नगरपालिकाको शिक्षा विकास समन्वय इकाइ कार्यालय स्थापना गरिएको छ ।

निर्वाचनको लागि २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन् । जसमध्ये महिला १ ला १३ हजार २९८ रहेका छन् भने पुरुष १ लाख १० हजार ३१७ जना रहेका छन् । जिल्लाका २ निर्वाचन र ४ प्रदेश सभा निर्वाचनका लागि २७८ वटा मतदान केन्द्र रहेका छन् ।

निर्वाचन क्षेत्रअनुसार क्षेत्र नम्बर १ मा १ लाख १९ हजार २८८ जना मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ मा १ लाख ४ हजार ३२७ जना मतदाता रहेका छन् ।

निर्वाचनका लागि क्षेत्र नम्बर १ मा १५० र क्षेत्र नम्बर २ मा १२८ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेले बताए ।