२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बन्धकमा परेका पुरुषलाई प्रहरी उद्धार गर्न जाँदा झडप, ६ प्रहरी घाइते

अ+ अ-

जनकपुरधाम । सर्लाहीमा बन्धकमा परेका एकजना पुरुषलाई प्रहरीले उद्धार गर्न जाँदा झडप भएको छ।

शनिबार सर्लाहीको चन्द्रनगर गाउँपालिका-२ बबरगञ्जस्थित झडप हुँदा ६ जना प्रहरी घाइते भएका छन् भने ३ राउड अश्रुग्यास प्रहार गरिएको छ।

स्थानीय धर्मेन्द्र साहको २० वर्षीया छोरी र भक्ती यादवका २२ वर्षीय छोरा असोज १३ गते फरार भएको विषयलाई लिएर केटी पक्षले केटाको काका ६२ वर्षीय गणेश रायलाई कुश्वाहा धर्मशाला बबरगञ्जमा बन्धक बनाइराखेका थिए।

बन्धक बनाइएको खबर पाएपछि उनलाई उद्धार गर्न जाँदा झडप भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।

रायलाई प्रहरीको टोली उद्धार गर्न जाँदा करिब २५०र३०० जना मानिसहरू जम्मा भई प्रहरीमाथि ढुंगामुढा प्रहार गरी नम्बर नखुलेको अपाचे मोटरसाइकलमा आगजनी गरेका थिए। सोही झडपलाई नियन्त्रणमा लिन खोज्दा ६ जना प्रहरी घाइते भएको प्रवक्ता यादवले बताए।

प्रहरीले ढुंगामुढा गर्ने १५ जनालाई नियन्त्रणमा लिएपनि पछि ८ जनालाई छाडेको र ७ जनालाई नियन्त्रणमा राखी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।