२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधिकारीले गरे वाचा पत्र सार्वजनिक

अ+ अ-

काठमाडैँ । । दाङ(२ बाट प्रतिनिधिसभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले आफ्नो वाचा पत्र सार्वजनिक गरेका छन् । घोराहीमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले २५ बुँदे वाचा पत्र सार्वजनिक गरेका हुन् ।

वाचा पत्रमा उनले सूचना प्रविधि, कृषि, पर्यटन, रोजगारी र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन् ।

अधिकारीले दाङ उपत्यकालाई व्यवस्थित सहरका रूपमा विकास गर्न दाङ उपत्यका विकास प्राधिकरण स्थापना गर्ने बताए । उनले अर्गानिक दाङ, आत्मनिर्भर दाङ, कृषि प्रयोजनका लागि निःशुल्क विद्युत्, कृषि सङ्कलन केन्द्र, सिटी बस सञ्चालन, घोराही–लमही सडक मार्ग अन्तर्गत कुइरेपानी-अर्जुन खोला सडकखण्डको वैकल्पिक सडक निर्माण गरिने वाचा पत्रमा उल्लेख गरेका छन् ।

उनले दाङलाई सूचना तथा प्रविधिको हब बनाउने वाचा पत्रमा उल्लेख गरेका छन् । घोषणा पत्र सार्वजनिक गर्दै दाङ भ्यालीलाई सिलिकन भ्यालीको अवधारणामा विकास गर्न सूचना तथा प्राविधिक हब बनाउने र युवालाई स्वदेशमै रोजगार सिर्जना गर्ने बताए ।

त्यसैगरी दाङलाई शैक्षिक हब, नारायणपुरमा विमान स्थल निर्माण, घोराही–तुलसीपुर मुख्य बजारमा विद्युत् भूमिगत गर्ने, महाभारत र चुरे पर्वतको फेदीमा साइकल रुट निर्माण गर्ने अधिकारीले वाचा पत्रमा उल्लेख गरेका छन् ।

दाङ( २ बाट अधिकारीसँगै एमाले महासचिव शङ्कर पोखरेल, गठबन्धनबाट माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेखा शर्मालगायत १५ जना चुनावी मैदानमा छन् ।