१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ दिन पढाइ ठप्प पारेर चुनावमा २० हजारभन्दा बढी विद्यालय प्रयोग हुने 

अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा २० हजारभन्दा बढी विद्यालयमा मतदान केन्द्र राखिने निर्वाचन आयोगले जनाएको छ। आयोगले देशभर जम्मा २२ हजार ५ सय मतदान केन्द्र तोकेको जनाएको छ।

आयोगका अनुसार यी मतदान केन्द्रमध्ये ९० प्रतिशत केन्द्रका लागि विद्यालय प्रयोग हुने छन्। 

९० प्रतिशतको हिसाबले २० हजार २ सय ५० विद्यालयलाई मतदान केन्द्रमा बनाइनेछ। गएको वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा पनि देशभर विद्यालय, खाली स्वास्थ्य चौकीलगायत गरी २१ हजार ९ सय ९५ मतदान केन्द्र तोकिएको थियो।

२०७४ सालको स्थानीय तह निर्वाचनमा करिब ९ हजार सरकारी विद्यालयलाई मतदान स्थल तोकिएको थियो। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण ०७८र७९ मा देशभरि २६ हजार ४ सय ५४ सरकारी विद्यालय रहेको उल्लेख छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनकै कारण विद्यार्थीको पठनपाठन ५ बन्द हुनेछ। 

मंसिर ४ गते मतदान हुन्छ। त्यसपछि पनि सम्बन्धित ठाउँमा मतपेटिका नपुर्‍याउन्जेल विद्यालय बन्द नै हुनेछन्। यो चुनावमा निर्वाचन आयोगले शिक्षकहरूलाई पनि खटाउनेछ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचनलाई मर्यादित बनाउन २ लाख ४६ हजार जनशक्ति खटिनेछ। यो जनशक्तिमा शिक्षकसमेत पर्छन् तर कति शिक्षक खटिन्छन् भनेर आयोगले संख्या यकिन गर्न सकेको छैन।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा देशभर २ लाखभन्दा बढी जनशक्ति खटिएका थिए। तीमध्ये ५० हजारभन्दा बढी सरकारी विद्यालय र विश्वविद्यालयका शिक्षक खटिएका थिए।

०७४ सालको निर्वाचनमा भने करिब ३० हजार शिक्षक चुनावमा परिचालित भएका थिए। यता, कोभिड(१९ का कारण २०७७ सालबाटै शैक्षिक सत्र बिथोलिएको छ। बिथोलिएको सत्र अझै यथावत (१२ महिनाको) हुन सकेको छैन।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी नयाँ शैक्षिक सत्र (२०८० सालबाट) १२ महिना नै हुने जनाएको छ। तर यस वर्ष लामो बिदा परेका छन्।

दशैँ, तिहार र निर्वाचनले गर्दा करिब डेढ महिना सरकारी विद्यालयको पठनपाठन रोकिनेछ। यसले शैक्षिक सत्र व्यवस्थापनमा समस्या पार्ने निश्चितप्रायः छ।

यता नेपालको संविधानमा कुनै पनि नागरिक शिक्षाबाट वञ्चित हुन नपाउने व्यवस्था छ। संविधानको धारा ९३१० को शिक्षासम्बन्धी हकको उपधारा ९१० मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने उल्लेख छ।

त्यस्तै, उपधारा (२)मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निः शुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निः शुल्क  पाउने हक हुने व्यवस्था छ।

तर कहिले निर्वाचन त कहिले राजनीतिक कार्यक्रमका लागि विद्यालय नै बन्द गर्नु परम्पराजस्तै भइसकेको छ। गत भदौ ३१ गते नेकपा एमालेको पार्टी प्रवेश तथा आमसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएपछि नेकपा एमाले सिराहाले गोलबजार नगरपालिका-८ स्थित जनता नमूना माविको पठनपाठन नै बन्द गरेर कार्यक्रम आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस