८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुखुरा बोक्ने खोरमा मासु ढुवानी : अनुगमन टोलीबाट बिक्रीमा रोक

अ+ अ-

काठमाडौँ । जिउँदो कुखुरा बोक्न खोर बनाइएको गाडीमा कुखुराको मासु ढुवानी हुने गरेको पाइएको छ । आज काठमाडौँ महानगरको अनुगमन टोलीले वडा नं. ६ चुच्चेपाटीमा ढुवानीकै क्रममा गाडी भेटेको हो । प्र.३- ०१, ०२३ च २३८७ नंं को दोलखाली कोल्ड स्टोरको गाडीमा २ सयवटा भुत्ला फालिएका सिङ्गै कुखुरा थिए ।

चालक भुवन गुरुङकाअनुसार गाडीमा मासुबाहेक २५ किलो कुखुराको टाउको, १० किलो कलेजो र ७ केजी पाङ्ग्रा थिए । टाउको, पाङ्ग्रा र कलेजो क्यारेटमा राखिएको थियो । मासुजन्य खाद्य वस्तुका रुपमा प्रयोग हुने यी मासुजन्य खाद्यवस्तु खुल्ला र असुरक्षित देखिन्थ्यो । महानगरको टोलीले गुरुङलाई पक्राउ गरेको छ । गुरुङ पक्राउ परेलगत्तै उनका साहु कुवीर सुनारलाई बोलाइएको थियो ।

अनुगमन टोलीले अस्वस्थ्यकर ढुवानीका विषयमा सोधेको प्रश्नमा सुनारले आफूसँग कोल्डचेन मेन्टेन भएको गाडी भएको र हिजोसम्म त्यही गाडीमा ढुवानी गर्ने गरिएको स्पष्टीकरण दिएका थिए । सुनारले हिजो गाडी दुर्घटनामा परेकोले आज यसरी ढुवानी गर्नुपरेको बाध्यता सुनाए ।

सुनारका अनुसार कपनको दोलखाली फ्रेस हाउसबाट लगिएको यो मासु होटल, रेष्टुरेन्ट, मासु पसल र केही बर्गर हाउसमा वितरण गर्ने तयारी थियो । अनुगमन टोलीका संयोजक डा.अवधेश झाकाअनुसार यसरी भेटिएको मासु विक्रीमा रोक लगाइएको छ । महानगरले पशु सेवा विभागलाई पत्राचार गरेर परीक्षण गराउँछ । यसबाट मासुको स्वच्छता देखिएको अवस्थाका आधारमा कारवाही प्रक्रिया अगाडि बढाइनेछ ।

आज नै चावहिल क्षेत्रका मिठाई पसलहरुको पनि अनुगमन गरिएको छ । अन्य ठाउँमा जस्तै यी ठाउँका पसलमा पनि भान्छा फोहोर हुने, म्याद सकिएका रङ्गको प्रयोग गर्ने, फ्रिज सफा नगर्ने, व्यक्तिगत सफाइमा ध्यान नदिने जस्ता समस्या देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस