१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा नाका व्यवस्थापन गर्न गृहमन्त्री खाणको जोड

अ+ अ-

भैरवा । गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि चलायमान गराउन नाका व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । उनले नाका सुव्यवस्थित गर्न सरकार लागि परेको जिकिर गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका मन्त्री खाणले आज भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हवाई तथा स्थल नाका व्यवस्थित नहुँदा मुलुकको आन्तरिक सुरक्षा र छिमेकी मुलुकहरु विरुद्ध नेपाली भूमिलाई प्रयोग गरेर हुन सक्ने गतिविधि रोक्न पनि नाका व्यवस्थित गर्नुपर्ने जरुरी रहेको औँल्याए ।

मन्त्री खाणले नेपालको भूमि प्रयोग गरी दुई छिमेकी मुलुकविरुद्ध हुन सक्ने गतिविधि हुन नदिन सरकार प्रतिबद्ध रहेको र आगामी दिनमा यसतर्फ अझ चनाखो र गम्भीर ढङ्गले सरकार अगाडि बढ्ने विश्वास दिलाए । ‘मुलुकको आन्तरिक सुरक्षाको साथै छिमेकी मुलुक विरुद्ध नेपालको भूमि प्रयोग गरेर कुनै प्रकारको गतिविधि रोक्न पनि नाका व्यवस्थित गर्नुपर्ने छ । यसतर्फ सरकार लागि परेको छ’, उनले भने, ‘निर्वाचन लगत्तै सबै सीमा नाका व्यवस्थित गर्ने काम सुरु हुन्छ ।’ स्थल नाका सुव्यवस्थित गर्ने कामको सुरुवात निर्वाचनपछि सरकारले रुपन्देहीको बेलहीया नाकाबाट गर्ने उनले प्रतिबद्धता जनाए । उनले नाका सुव्यवस्थित गराउन निर्माण गर्नुपर्ने संरचना र अन्य कामका लागि बजेटमा सरकारले कन्ज्युस्याई नगर्ने बताए ।

मन्त्री खाणले बेलहीयामा बन्ने एकीकृत जाँच चौकी (आइसीपी)निर्माणका लागि नेपाल सरकारले कूटनीतिक र राजनीतिक रुपमा पहल गरिरहेको जानकारी दिँदै छिट्टै काम अगाडि बढ्नेमा सरकार विस्वस्त रहेको बताए ।’नेपाल र भारतको संयुक्त प्रयासमा आइसीपी निर्माण हुने हो ।’ मन्त्री खाणले भने, ‘आइसीपीका लागि हामीले जग्गा अधिग्रहण गरिसकेका छौँ । भारत सरकारले जग्गा अधिग्रहण नगर्दा निर्माणमा ढिलाई भएको हो । जग्गा अधिग्रहण गरी निर्माण प्रक्रिया अगाडी बढाउन नेपालले भारत सरकारसँग कूटनीतिक र राजनीतिक दुवै तबरले छलफल अगाडि बढाइएको छ ।’ अधुरो रहेको बेलहिया-बुटवल व्यापारिक मार्गअन्तर्गत बेलहिया खण्डको अपूरो रहेको सडक निर्माण तनी/चार महिनाभित्रै सम्पन्न हुने पनि उनले बताए । विशेष आर्थिक क्षेत्र ‘सेज’ मा नियमित विद्युत् आपूर्ति र सञ्चालन कार्यविधिमा उद्योगी व्यवसायीले राख्दै आएका माग सकारात्मक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस