८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफूभन्दा माथि जनता छन् भनेर सोच्न जरुरी छ : उपप्रमुख डङ्गोल

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले सरकार र राजनीतिक दलहरूले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताएकी छन् ।

बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले नेपाल सम्वतको छुट्टै मौलिक महत्त्व र पहिचान रहेको भन्दै नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताइन् । उनले सरकारी कार्यालयहरूमा चलाउने डकुमेन्टहरूमा नेपाल संवत् प्रयोग गर्न नसकेसम्म राष्ट्रिय संवत्, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने जिकिर गरिन् । उनले अहिलेका राजनीतिक दल र नेताहरुले राष्ट्रिय विभूति शंखधर साख्वाबाट धेरै कुरा सिक्न आवश्यक रहेको समेत बताइन् ।

उनले भनिन्, ‘नेपाल संवतको छुट्टै मौलिक महत्त्व र पहिचान छ । संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत् हो नेपाल संवत् । जनतालाई ऋण मोचन गरेर, जनतालाई सबैभन्दा प्राथमिकतामा राखेर सुरुवात भएको हाम्रो माटोको, मौलिक नेपाल सम्वत विशेष कार्यक्रम गरेर मनाइरहेका छौँ । राष्ट्रिय विभूतिको रूपमा मान्यता दिइसकेपछि हामीले लिखित रूपमा मात्रै होइन कार्यान्वयन गर्न व्यवहारमा लागू गर्न महत्त्वपूर्ण छ ।’

उनले भनिन्– ‘हामीले चलाउने डकुमेन्टहरूमा जबसम्म नेपाल संवत् प्रयोग गर्न सक्दैनौँ, तबसम्म यसलाई राष्ट्रिय संवत्, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नहुन सक्छ । नेपाल संवत् मनाइरहँदा राष्ट्रिय विभूतिबाट सिक्नुपर्ने धेरै पाठ छ । जनतालाई ऋण मोचन गरे झैँ आफू भन्दा माथि जनता भनेर सोच्न जरुरी छ ।’

उपप्रमुख डङ्गोलले संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत् भनेको नेपाल सम्वत रहेकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस