पोखरा । नेकपा एकीकृत समाजवादी (एस) का कास्की सचिव होम नेपाली नेकपा एमाले प्रवेश गरेका छन् ।
कास्की क्षेत्र नम्बर २ को एमाले उम्मेदवारको भेलामा नेपाली एमाले प्रवेश गरेका हुन् । उनलाई नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष कृष्ण थापाले पार्टीमा स्वागत गरेका छन् ।
कास्की-२ बाट प्रदेश सभा उम्मेदवार बनेका भीम कार्कीले नेपाली पार्टी प्रवेश गरेको उल्लेख गर्दै अरू नेता पनि पार्टीमा आउन लागेको बताए ।
‘नेकपा एसका अरू नेताहरू पनि एमाले फर्कनुहुन्छ, होमजीले अरूलाई पनि ल्याउँछु भन्नुभएको छ’, उनले भने । पार्टी प्रवेश गर्दै नेपालीले एमाले कुनै हालतमा नसकिने र साङ्गठनिक पद्धतिमा नचल्ने नेकपा एसको अस्तित्व नरहने बताए ।
नेकपा एसमा १ वर्ष रहँदाको अनुभवले नेकपा एसको अस्तित्व नजोगिने बताए ।






