९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकलाई सम्मानजनक तलबसहित दुई वर्षभित्र शत प्रतिशत विद्यार्थी भर्ना 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले आगामी दुई वर्षभित्र विद्यार्थी भर्ना दर शतप्रतिशत पुर्‍याउने घोषणा गरेको छ । मंगलबार सार्वजनिक घोषणापत्रमा आगामी दुई वर्षभित्र विद्यार्थी भर्ना दर शत प्रतिशत पुर्‍याउने उल्लेख गरिएको हो ।

एमालेले शिक्षण पेसालाई मर्यादित र सम्मानजनक जीवन जिउन पुग्ने तलब दिने पनि प्रतिबद्धता जनाएको छ । ‘शिक्षण पेसालाई मर्यादित बनाइनेछ, अतिरिक्त आम्दानी गर्न भौँतारिनुपर्ने अवस्था अन्त्य गरी शिक्षकलाई सम्मानजनक जीवन जिउन पुग्ने तलब सुविधा उपलब्ध गराइनेछ’ एमालेको घोषणापत्रमा भनिएको छ ।

एमालेले आर्थिक दुरवस्थाका कारण विद्यालय जानबाट वञ्चित हुने वा बिचैमा पढाइ छोड्नुपर्ने अवस्थाको अन्त्य गर्ने समेत उल्लेख छ । एमालेले सबै विद्यालयलाई सूचना प्रविधिका पूर्वाधारसँग आबद्ध गरी डिजिटल शिक्षण आरम्भ गर्ने घोषणा गरेको छ ।

एमालेले पाँच वर्षमा विद्यालयको भौतिक पूर्वाधार व्यवस्थित गर्ने भनेको छ । विद्यालयमा पर्याप्त कक्षा कोठा, सुविधायुक्त फर्निचर, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधि प्रयोगशाला, स्वच्छ पिउने पानी, शौचालय र सम्भव भएसम्म खेल मैदानको व्यवस्था गर्ने उसको प्रतिबद्धता छ । यस्तो पूर्वाधार शैक्षिक गुठी अन्तर्गत वा निजी स्तरमा सञ्चालित विद्यालयमा समेत व्यवस्था गर्न जोड दिने एमालेको घोषणा छ ।

अपाङ्गता भएका विद्यार्थीहरूलाई विशेष सुविधा र शिक्षाको व्यवस्था गरिने, विद्यालयका संरचनाहरू अपाङ्गमैत्री बनाउने पनि एमालेले प्रतिबद्धता जनाएको छ । दुर्गम क्षेत्रका, विपन्न र विद्यालय टाढा भएका विद्यार्थीहरूका लागि आवासीय शिक्षाको व्यवस्था गर्ने एमालेले घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस