१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा साढे २७ करोड बिगो दाबीसहित मुद्धा दायर 

अ+ अ-

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुरेन्द्र बहादुर सिंहविरुद्ध २७ करोड बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ। साबिक चाँदनी-६ कञ्चनपुर घर भई हाल काठमाडौँ सुकेधारा बस्ने ४९ वर्षीय सिंहको २७ करोड ६७ लाख ७८ हजार ६ सय ५६ रुपैयाँ एक पैसाको स्रोत नखुलेपछि विशेष अदालतमा मंगलबार मुद्दा दायर गरिएको विभागले जनाएको छ । 

विभागले सिंह र उनकी श्रीमती शारदा देवी सिंह र छोरा जीवनबहादुर सिंहका नाममा रहेको सम्पत्तिहरू जफत गर्न पनि माग दाबी गरेको छ। साथै सिंहलाई सम्पत्ति शुद्धीकरणको कसुरमा सघाएको भन्दै अर्का प्रतिवादी जयन्ती थापाविरुद्धसमेत मुद्धा दायर गर्दै गिल्ट इन्भेष्टमेन्टको नाममा रहेको चार लाख १४ हजार तीन सय ४ रुपैयाँ ५७ पैसा जफत गरी पाउन मागदावीसहित विशेष अदालतमा मुद्धा दायर गरेको छ । 

सिंहले विदेशी भारतीय रुपैयाँ, अमेरिकी डलरको अवैध कारोबार र जुवा सम्बन्धी कसुरबाट सम्पत्ति जोड्दै त्यस्तो सम्पत्तिको पुनः प्राप्त भोग चलन, उपयोग, उपभोग र धारणसमेतका कानुनले निषेधित कार्यहरूमा प्रतिवादी जयन्ती थापामगरसमेतको मिलेमतोमा कृतिम आर्थिक कारोबार देखाएको विभागको भनाई छ । सिंहको जुवा सम्बन्धी कसुर अदालतमा विचाराधीन रहेकोसमेत विभागले जनाएको छ । 

…सुरेन्द्र बहादुर सिंहले साबिक सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को (पहिलो संशोधन, २०६८) को दफा ४ को देहाय खण्ड क र ङ एवं उक्त ऐनको दफा २८ र प्रचलित सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूचीमा व्यवस्थित खण्ड द, भ र समेतको कसुर अपराध गरी प्राप्त गरेको सम्पत्तिको गैर कानुनी स्रोतको रूपान्तरण परिवर्तन हस्तान्तरण लगायतका निषेधित कार्यहरू गरी गराई सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य पुष्टि हुन आएकोले निजलाई कुल बिगो २७ करोड ६७ लाख ७८ हजार ६५६ रुपैयाँ ०१ पैसा बिगो कायम गरि…एको छ विभागले भनेको छ ।

विभागको महानिर्देशकमा तारानाथ अधिकारी आएसँगै ठुला, रोकिएका र गम्भिरखालका अपराधहरूको सूक्ष्म ढङ्गले छानबिन अगाडी बढाएका छन् । उनलाई भदौ २८ गते सरकारले महानिर्देशको जिम्मेवारी दिई विभाग पठाएको थियो । 

सम्बन्धित समाचार : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा अधिकारी नियुक्त

प्रतिक्रिया दिनुहोस