काठमाडौँ । एमाले धुलिखेल नगर सह-इन्चार्ज एसाबहादुर तामाङले पार्टी परित्याग गरेका छन् । पार्टीमा बढ्दै गएको व्यक्तिवादी प्रवृत्तिको बढेको बताउँदै तामाङले पार्टी छोडेका हुन् । लोकतान्त्रिक-बाम गठबन्धनलाई सहयोग गर्ने गरी पुरानै पार्टीमा फर्केको तामाङले बताए ।
राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य रहेका एमाले खानिखोला गाउँपालिका उपसचिव वीरेन्द्र लामा (निमा) सहित ४० जना एमाले कार्यकर्ताले पनि पार्टी छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्र प्रवेश गर्नेहरूमा युवा सङ्घ नेपाल बागमती प्रदेश कमिटी सदस्य विजय लामा, काभ्रे जिल्ला कमिटी सदस्य बुद्ध लामा, जगत भोलन, एमाले निकट खेलकुद महासङ्घ जिल्ला सदस्य दीपक गोले रहेका छन् ।







