६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिगमनको खतरा रहेसम्म गठबन्धन : अध्यक्ष दाहाल

अ+ अ-

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पारे ।

अध्यक्ष दाहालले संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै भने,’निकै दुःख गरी गठबन्धन बनाइएकाले प्रतिगमको खतरा नटरेसम्म कायमै रहन्छ ।’प्रतिगमनको खतरा कम हुँदै गएको भन्दै उनले थपे, ‘जतिबेलासम्म राजनीतिक दुर्घटनाको खतरा रहिराख्छ, प्रतिगमनको खतरा रहिराख्छ त्यतिबेलासम्म गठबन्धन कायम रहन्छ ।’

निर्वाचनमा एकताको प्रदर्शन गरेर गठबन्धनका उम्मेदवारलाई विजय गराएपछि राजनीतिक दुर्घटना गराउन खोज्ने शक्ति पराजित भएर जाने उनले बताए । आगामी निर्वाचनलाई जनमत सङ्ग्रहको संज्ञा दिँदै उनले भने, ‘यो निर्वाचन अग्रगमन र प्रतिगमन के रोज्ने भनेर आफ्नो मत जाहेर गर्ने समय हो ।’

गठबन्धनको बहुमत सुनिश्चित रहेको भन्दै उनले अत्यधिक बहुमत ल्याउने दाबी गरे । उनले भने ‘हामीले सरकार गठन गर्नका लागि मात्र गठबन्धन बनाएका होइनौँ । यो देशमा स्थिरता र विकासका लागि हो ।’ राजनीतिक दुर्घटनाबाट देश बचाउन गठबन्धन बनेको जनाउँदै उनले गठबन्धनलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

संविधानमा हस्ताक्षर गरेका दलहरुबाट नै संविधानमाथि प्रहार गर्ने काम भएको उनको भनाइ छ । चितवनवासीले विसं २०७४ मा विजयी बनाएर विकासको मोडल दिने अवसर दिएको उनले बताए। उनले भने,’चितवनमा धेरै परियोजना ल्याएर धेरै काम भएका छन् । सडक सञ्जाल, शिक्षा, रोजगारी सबै प्राप्त भएका छन् ।’ अबको आफ्नो जीवन विकास र आर्थिक समृद्धिका लागि सङ्कल्प गरेको भन्दै उनले कसैको डर, धम्कीमा नलागी गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष केशवलाल श्रेष्ठले शान्ति र समृद्धिका लागि गठबन्धनको पक्षमा लाग्न आग्रह गरे। उनले एकअर्काका बीचमा इमान्दारिता प्रस्तुत गर्नुपर्ने बताए । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले स्थायी सरकार र देशको समृद्धिका लागि गठबन्धन बनेको र यसलाई जिताउनुपर्ने बताए ।

नेपाली काङ्ग्रेसका सहमहामन्त्री डिला सङ्ग्रौलाले महिला हिंसाका विभेदकारी कानून परिमार्जन गर्ने अठोट व्यक्त गरे । काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाल, लोकतान्त्रिक–वाम गठवन्धनबाट चितवन क्षेत्र नं १ का उम्मेदवार डा.विश्वनाथ पौडेल, क्षेत्र नं २ का उम्मेदवार उमेश श्रेष्ठ र ३ का उम्मेदवार डा भोजराज अधिकारीले गठबन्धनका उम्मेदवार विजयी भएसँगै मुलुकमा शान्ति र समृद्धि कायम हुने बताए ।

प्रतिक्रिया दिनुहोस