११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्तागठबन्धनले जिते मात्र विकास र समृद्धि हुन्छ : प्रचण्ड 

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले जिते मात्र मुलुकमा विकास र समृद्धिले गति लिने बताएका छन्।

पाँचदलीय गठबन्धनले लमजुङको राइनसमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सोमबार प्रचण्डले जनताले अनुभूति गर्ने गरी आर्थिक विकासका काममा लाग्ने आश्वासन दिए। मुलुकमा आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि जनतामा महसुस हुन नसकेको भन्दै उनले आगामी दिनमा सत्तारुढ गठबन्धनले समग्र ध्यान आर्थिक विकास र समृद्धिमा दिने उल्लेख गरे।

‘गठबन्धनले जितिसकेपछि विकास निर्माण र समृद्धिले गति लिनेछ। यो देशमा राजनीतिक परिवर्तन हुने, तर आर्थिक परिवर्तन त्यसै अनुकूल नहुँदा विकास निर्माणले गति लिन सकेको छैन,’ उनले भने। 

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लहर गठबन्धनको पक्षमा आइरहेको पनि दाबी गरे। उनले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातासमक्ष आग्रह गरेका छन्।

पाँचदलीय गठबन्धनको तर्फबाट लमजुङमा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका देवप्रसाद गुरुङ तथा प्रदेश सभा (क)मा काँग्रेसका डा. टकराज गुरुङ र प्रदेश सभा (ख)मा कांग्रेसकै भेषबहादुर पौडेल उम्मेदवार रहेका छन्।

प्रतिक्रिया दिनुहोस