१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोल्पाको सुरक्षा व्यवस्था चुस्त

अ+ अ-

रोल्पा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यहाँको सुरक्षा व्यवस्थापनलाई चुस्त बनाइएको छ ।

यहाँ ८६ मतदानस्थलमा एक सय ७७ मतदान केन्दको व्यवस्था गरिएको छ । मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा बाँडेर सुरक्षा व्यवस्था मिलाइएको छ ।

छयासीमध्ये ३१ मतदान स्थललाई अतिसंवेदनशील मतदानस्थलका रूपमा राखिएको छ । जिल्लाका अतिसंवेदनशील मतदानस्थलमा थवाङमा तीन, त्रिवेणीमा एक, रुन्टीगढीमा छ, परिवर्तनमा दुई, गङ्गादेवमा छ, माडीमा एक, सुनछहरीमा पाँच र लुङ्ग्री गाउँपालिकामा पाँचसहित रोल्पा नगरपालिकामा दुई छन् ।

गत स्थानीय तह निर्वाचनमा ८१ मतदानस्थल रहेको जिल्लामा जनसङ्ख्या, भौगोलिक अवस्था, यातायात र सुरक्षा अवस्था हेरेर गत भदौमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले पाँच मतदान केन्द्र थप्ने गरी सिफारिस गरेको थियो ।

अस्थायी मतदान केन्द्रका रूपमा सदरमुकाम लिवाङको कारागार कार्यालय र जिल्ला समन्वय समिति प्राङ्गणमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । ती केन्द्रमा कैदी, सेना प्रहरी तथा वृद्धाश्रमका रहेका व्यक्तिले समानुपातिक निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकारी पदमबहादुर डाँगीले जानकारी दिए ।

प्रदेशसभा (१) मा ६८ हजार एक सय ६४ र प्रदेशसभा (२) मा ७७ हजार तीन सय सातसहित जिल्लामा एक लाख ४५ हजार चार सय ७१ मतदाता रहेका छन् ।

प्रतिनिधिसभामा पाँच दलले उम्मेदवारी दर्ता गराएका छन् । यसरी उम्मेदवारी दर्ता गर्ने दलमा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, नेकपा (एमाले)बाट पूर्ण बुढामगर, नेपाल मजदुर किसान पार्टीबाट नातीभाइ ह्योम्बा ,राप्रपा नेपालका रामबहादुर वली क्षेत्री र राप्रपाबाट लीला रावत प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रदेशसभा-१ मा माओवादी केन्द्रका जोखबहादुर महरा, एमालेका कमल बुढाथोकी, राप्रपा नेपालका गङ्जबहादुर शाही र राप्रपाका पदमबहादुर थापाले प्रतिस्पर्धा गर्दैछन् । प्रदेशसभा-२ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अमरसिंह पुन, राप्रपाका केशरबहादुर पुन, स्वतन्त्रबाट दीपेन्द्रकुमार पुनमगर, एमालेका प्रेमबहादुर घर्तीमगर र राप्रपाका सेते दमाईबीच प्रतिस्पर्धा हुने भएको छ ।