११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीका चार बागी प्रदेश सांसद पार्टीमा नफर्किने

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका चार जना प्रदेश सभा सांसद तत्काल पार्टीमा नफर्किने भएका छन् । पार्टी र सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका चारै जना स्वतन्त्र सांसदको रूपमा रहने बताएका हुन् ।

रुकुम पूर्वको प्रदेश सभा ‘क’ बाट निर्वाचित अजयशक्ति सरुल पुनमगर, रोल्पा प्रदेश सभा‘ख’बाट निर्वाचित दीपेन्द्र पुनमगर, पश्चिम नवलपरासी क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’बाट निर्वाचित खड्ग बस्नेत र सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा ‘क’बाट जबाहरलाल कुशवाह निर्वाचित भएका थिए । यसरी पार्टी र सत्ता गठबन्धनलाई समेत चुनौती दिँदै माओवादीका चार नेताले प्रदेश सभा सांसदमा जितेका हुन् ।

आफ्नो पुरानो पार्टीसहित सबै मतदाताले भोट दिएकाले तत्काल पार्टीमा नफर्किने नवलपरासी २ प्रदेश सभा ‘क’बाट निर्वाचित खड्ग बस्नेतले बताए ।

यस्तै रोल्पा प्रदेश सभा ‘ख’बाट निर्वाचित दीपेन्द्र पुनले देशैभर स्वतन्त्र रूपमा निर्वाचित प्रदेश सभा सदस्यहरूसँग कुरा भइरहेको बताए । सबै स्वतन्त्र जितेका सांसदहरु र मतदातासँग सल्लाह गरेर पार्टीमा फर्किने/नफर्किने निर्णय गर्ने पुनले बताए । अहिलेकै अवस्थामा माओवादीमा फर्किने अवस्था नरहेको बताए । आफ्नो पुरानो पार्टीले समेत आफूलाई पार्टीमा भित्र्याउन कुनै पहल नगरेको पुनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस