८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झलनाथ खनालमाथिको आरोप पुष्टि गर्न एमालेलाई समाजवादीले दियो चुनौती

अ+ अ-

काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नम्बर-१ को निर्वाचनलाई लिएर नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका नेताहरूबीच आरोप प्रत्यारोपको दोहोरी चलेको छ ।

नेकपा एकीकृत समाजवादी इलामले नेता खनालमाथि एमालेले लगाएको आरोप पुष्टि गर्न चेतावनी नै दिएको छ । सो पाटीले शुक्रबार विज्ञप्ति जारी गर्दै इलाम क्षेत्र नम्बर १ बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका खनालमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएको हो ।

यसअघि एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का संयोजक उदयबहादुर राईले नेता खनालले जथाभाबी बोल्नुका साथै बम पड्काएको आरोप लगाएका थिए । उक्त आरोपप्रति ध्यानाकर्षण भएको जनाउँदै नेकपा एकीकृत समाजवादीले एमालेले लगाएको आरोपलाई पुष्टि गर्न भनेको छ ।

‘बम विस्फोटन जस्तो गम्भीर प्रकृतिको मुद्दालाई आधार, कारण र प्रमाण विना नै गठबन्धनका उम्मेदवारलाई आरोप लगाउने कार्य अपराधजन्य कार्य भएकाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का एमालेका उदयबहादुर राईलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्दछु,’ जिल्ला अध्यक्ष भक्त केसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

इलाम १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार खनाल एमाले उम्मेदवार महेश बस्नेतसँग पराजित भएका थिए । नेता खनालले धाँधलीपूर्ण तरिकाले निर्वाचन भएको भन्दै कानुनी उपचार खोज्ने बताएका थिए ।

सम्बन्धित समाचार : जथाभाबी अभिव्यक्ति नदिन झलनाथ खनाललाई एमालेको चेतावनी

प्रतिक्रिया दिनुहोस