९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

अ+ अ-

काठमाडौँ । बाजुरा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार ७ सय चार मतगणना गर्दा पाण्डेले १२ हजार ७ सय पाँच मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत ल्याएका छन् ।

एमालेका उम्मेदवार थापाको गृहनगर बूढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

यस्तै प्रदेशसभा (१) मा (एकीकृत समाजवादी) का उम्मेदवार नरेश शाहीले सात हजार पाँच सय २५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बलदेव रेग्मीले सात हजार दुई सय सात मत प्राप्त गरेका छन् । । यस प्रदेशको स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना भइरहेको छ ।

यसैगरी प्रदेशसभा (२) मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले नौ हजार २२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले सात हजार चार सय ४७ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार थापाले कांग्रेसका उम्मेदवार शाहीलाई एक हजार पाँच सय ७५ मतले पछ्याइ राखेका छन् ।

प्रतिक्रिया दिनुहोस