२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानुपातिकतर्फ सङ्घसहित ६ प्रदेशमा एमाले पहिलो (सूचीसहित) 

अ+ अ-

काठमाडौँ । मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको सिट बाँडफाँट गर्ने कार्य निर्वाचन अयोगले सम्पन्न गरेको छ । 

आयोगले बुधबार जारी गरेको अन्तिम विवरणअनुसार एमाले सङ्घ र ६ प्रदेशमा पहिलो दल बनेको छ । 

आयोगका अनुसार संघमा ३४ सिट पाएको एमालेले प्रदेश १ मा १५, मधेस प्रदेशमा ८, वाग्मतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिम ७ सिट एमालेले समानुपातिकमा पाएको छ । 

यस्तै मधेस प्रदेशमा पहिलो दल बनेको काँग्रेस समग्रमा दोस्रो दलमा बन्न पुग्यो । 

केन्द्रमा ३२ सिट पाएको काँग्रेसले प्रदेश १ मा १२, मधेशमा ९, वाग्मतीमा १२, गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदुरपश्चिमा ७ सिट पाएको छ ।

यस्तै माओवादी केन्द्रले संघमा १४, प्रदेश १ मा ४ मधेशमा ४ र वाग्मती प्रदेशमा ७ सिट पाएको छ । गण्डकीमा ३, लुम्बिनी ४ , कर्णालीमा ४ र सुदूरपश्चिममा ३ सिट पाएको छ ।

समानुपातिक मततर्फ जम्मा एक करोड पाँच लाख ६० हजार ८२ मत गणना भएको थियो ।

जसमध्ये नेकपा एमालेले सबैभन्दा धेरै ल्याएको थियो । एमालेले २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको थियो भने काँग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको थियो ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत प्राप्त गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको थियो ।

राप्रपाले पाँच लाख ८८ हजार ८४९ मत प्राप्त गर्दा जसपा छैटौँ स्थानमा थियो उसले चार लाख २१ हजार ३१४ मत प्राप्त गरेको छ ।

जनमत पार्टी सम्म राष्ट्रिय पार्टी कायम भएको छ । राष्ट्रिय पार्टीको संख्या सात कायम भएको छ ।  जनमत पार्टीले तीन लाख ९४ हजार ६५५ मत प्राप्त गरेको थियो ।

नेकपा एकीकृत समाजवादी पार्टी भने राष्ट्रिय पार्टी बन्न सकेन । उसले २ लाख ९८ हजार ३९१ मत प्राप्त गरेको थियो ।

नेकपा एकीकृत समाजवादीलाई नागरिक उन्मुक्ति पार्टीले पछ्याएको थियो । उसले २ लाख ७१ हजार ७२२ मत ल्याएको थियो ।