२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशका मुद्दामा मिलेर जान उपेन्द्र यादवलाई सीके राउतको प्रस्ताव

अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले मधेस केन्द्रित दुई दलका अध्यक्षलाई भेटेर मधेशको मुद्दामा मिलेर जानुपर्ने प्रस्ताव गरेका छन् ।

अध्यक्ष राउतले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका थिए । राउतले सप्तरी क्षेत्र नम्बर २ मा आफैले मंसिर ४ मा हराएका जसपा अध्यक्ष यादवलाई उनकै निवास पुगेर भेटेका थिए ।

भेटमा अध्यक्ष यादवले राउतलाई जितको बधाई दिँदै मधेशको मुद्दामा प्रतिबद्ध भएर काम गर्न सुझाव दिएका थिए । अध्यक्ष राउतले मिलेर मधेशको हितमा काम गर्न अध्यक्ष यादवसँग प्रस्ताव गरेको पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए ।

एक-अर्काको सहयोगले मात्रै मधेशको मुक्ति सम्भव रहेको यादवसँग अध्यक्ष राउतले बताएका थिए । अध्यक्ष यादवले पनि मधेसीलगायत उत्पीडनमा परेका समुदायका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका सिंहले बताए । बुधबारै राउतले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि भेटेका छन् ।

महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव विजेता ठाकुरलाई पनि राउतले बधाई दिए । सप्तरी २ बाट विजयी राउतलाई पनि ठाकुरले बधाई दिएका छन् । अध्यक्ष ठाकुरले मधेशका लागि थुप्रै काम गर्न बाँकी रहेको बताउँदै त्यसमा मिलेर काम गर्नुपर्ने बताएका थिए ।

अध्यक्ष राउतले पनि आफू सबै दलसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए । उनले एक-अर्काको सहयोग मिलेमात्रै राम्रो हुने बताए ।