२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुवाल इन्टरनेसनल कलेजले विद्यार्थीलाई ठगी गरेको पुष्टि

अ+ अ-

काठमाडौँ। भक्तपुरको सूर्यविनायक नगरपालिका-५ घलाटेमा सञ्चालित सुवाल इन्टरनेशनल कलेजले सम्बन्धित निकायबाट स्वीकृति तथा सम्बन्धन नलिएको पुष्टि भएको छ ।

बिना स्वीकृति तथा सम्बन्धन सञ्चालन भएको उजुरी परेपछि महानगरीय प्रहरी परिसर भक्तपुरले अनुसन्धान गर्दा सम्बन्धित निकायहरुबाट सम्बन्धन तथा अनुमति नलिएको पाइएको परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेले बताए ।

उजुरी परेपछि परिसरले कलेजको प्रिन्सिपल भनिएका डा. प्रकाश सुवाललाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको थियो । अहिले उनीविरुद्ध ठगी मुद्दा अगाडी बढाइएको परिसरले जनाएको छ। कलेज पढाउने नाममा कत्ति जना विद्यार्थीबाट, के कत्ति शुल्क लिएको छ भन्ने अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ ।

कलेजले पीसीएल नर्सिङ, एचए, फार्मेसी पढाउने भनेर ६० हजारदेखि डेढ लाखसम्म शुल्क उठाएको विद्यार्थी तथा अभिभावकले जानकारी दिएका थिए । करिब २५० विद्यार्थी भर्ना भएको विद्यार्थीहरूले बताएका छन् ।

कलेजले वेबसाइटमा एमबीबीएस, बीडीएस लगायत चिकित्सा शिक्षाका विभिन्न विधा अध्यापन गराउने उल्लेख गरेको छ । भर्ना भएका विद्यार्थीका लागि कलेजले तीन वटा होस्टल समेत सञ्चालनमा ल्याएको पाइएको छ ।

कलेजको विषयमा समाचार बाहिर आएपछि चिकित्सा शिक्षा आयोग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थी तथा अभिभावकलाई भर्ना नगर्न÷नगराउन सूचना जारी गरेको छ । साथै त्रिवि पाठ्यक्रम विकास केन्द्रले समकक्षता नदिने सूचना मार्फत स्पष्ट गरेको छ ।