२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार कर्मचारीमाथि आक्रमण गर्ने तस्कर मालवस्तुसहित पक्राउ

अ+ अ-

काठमाडौँ । तस्करी नियन्त्रणमा गएका विराटनगर भन्सार कार्यालयका कर्मचारीहरूमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सवारीसाधनसहित एक जनालाई पक्राउ गरेको छ।

विराटनगर भन्सारको ३ नम्बर ठाट परिसरबाट २३ गते राति भारतको जोगबनीबाट भन्सार छली गरेका मालसामान ल्याएको सूचना पाएपछि पक्राउ गर्न गएका कर्मचारीहरूमाथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर १७ का २९ वर्षीय मोहमद सदाम मियाँलाई पक्राउ गरेको हो।

नेपालको मोरङ जिल्लाको विराटनगर महानगर र भारत विहार राज्यको अररिया जिल्लाको जोगबनी नगर नाकाबाट मियाँको समूहले मिलेमतोमा राति समानान्तर भन्सार चलाएर तस्करी गर्दै आएको थियो। सूचना प्राप्त भएपछि २३ मंसिर साँझ उक्त तस्करी नियन्त्रण गर्न गएका भन्सारका कर्मचारीहरूमाथि सो समूहले ढुंगामुढा गर्दै ज्यान मार्ने धम्की दिएर नियन्त्रणमा लिएका थिए।

सीमा प्रहरी चौकी परिसरमा सिसिटिभीकै निगरानीमा भएको उक्त घटनापछि विराटनगर भन्सारले २५ मंसिरमा तस्करी नियन्त्रणमा प्रहरीले असहयोग गरेकोले कर्मचारीहरू निरीह र असुरक्षित भएको भन्दै सार्वजनिक विज्ञप्ति जारी गरी विभाग र मन्त्रालयसँग सुरक्षा माग गरेको थियो।

घटना सार्वजनिक भएपछि मोरङका सिडिओ काशीराज दाहालको नेतृत्वमा २५ मंसिरमा बसेको राजस्व चुहावट नियन्त्रण समितिले दोषीलाई पक्राउ गरी कानुनी कारबाही चलाउन समिति बनाएको थियो। साथै सीमा क्षेत्रमा महिला र बालबालिका प्रयोग गरी हुँदै आएको तस्करी नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार मोरङ प्रहरीले घटनामा संलग्न मियाँसहित उनको समूहले प्रयोग गरेको को १ च २२३५ नम्बरको सवारी साधन र करिब ४ लाख मूल्यबराबरको मालवस्तु पक्राउ गरी भन्सार कार्यालयलाई बुझाएको मोरङ प्रहरीले जनाएको छ ।