२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले–माओवादी कार्यकर्ताबीच झडप हुँदा ९ जना घाइते

अ+ अ-

डोल्पा । हिमाली जिल्ला डोल्पामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप हुँदा ९ जना घाइते भएका छन् ।

घाइते हुनेमा एमाले समर्थित ४ जना कार्यकर्ता घाइते भएका छन् भने माओवादी समर्थित ५ जना कार्यकर्ता घाइते भएका छन् ।

झडपमा परी एमाले समर्थित जगदुल्ला गाउँपालिका–३ थापा गाउँका ४२ वर्षीय जालपा बोहोरा, ५० बर्षीया शान्ता बोहोरा, ३८ बर्षीया भद्र बोहोरा र सोही ठाउँमा १२ बर्षीया कृष्णजंग बोहोरा घाइते भएका छन् । यस्तै माओवादी समर्थित पालिकाको थापा गाउँका ५९ बर्षीया बिर्ख बोहोरा, १८ वर्षका लक्ष्मण बोहोरा घाइते भएका छन् । यस्तै ५४ वर्षका गोरसिह, १६ वर्षीया पबिन्द्र बोहोरा र २१ वर्षका जगत बोहोरा घाइते भएका छन् ।

प्रहरीका अनुसार आइतबार राती थापागाउँस्थित वडा कार्यालय नजिकका झडप भएको थियो । उनीहरूले मादक पदार्थ सेवन गरेका थिए भने सामान्य वादविवाद भई झैँ–झगडा हुँदा उनीहरू घाइते भएका हुन् ।

घाइतेको स्थानीय स्वास्थ्य चौकी झ्याकोटमा उपचार भइरहेको छ ।