२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुधबारदेखि दाङबाटै लुम्बिनी प्रदेशको औपचारिक काम सुरु गर्ने तयारी 

अ+ अ-

काठमाडौँ । बुधबारदेखि लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङबाटै औपचारिक रूपमा सबै काम सुरु हुने भएको छ। 

मुख्यमन्त्री कार्यालयमा झण्डोत्तोलन गरी विधिवत् रूपमा स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यान्वयन भएको घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। 

प्रदेश सरकारले झण्डोत्तोलन कार्यक्रम गर्ने जिम्मा आन्तरिक मामिला मन्त्रालयले लिएको छ। 

राप्ती गाउँपालिकाका अध्यक्ष तथा राजधानी व्यवस्थापन मूल समितिका संयोजक प्रकाश विष्टले मंसिर २८ गते झन्डोत्तोलनसहित औपचारिक रूपमा राजधानी कार्यान्वयन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गरिने बताए।

झन्डोत्तलन प्रदेश प्रमुख अमिक शेरचनले गर्नेछन्।

त्यसपछि त्यहाँ रहेका सहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयका कर्मचारीले पनि काम गर्न बाटो खुल्ने विष्टले बताए। यहीँ अन्य मन्त्रालय तथा कार्यालयहरू पनि यथाशीघ्र स्थान्तरण गरिने उनले बताए। 

उद्घाटनको दिन विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन समेत गर्ने तालिका छ। स्थानीय बजार देखि मन्त्रालयसम्म सरसफाइ गर्ने पनि तालिका छ। राजधानी सारेसँगै पूर्वपश्चिम राजमार्गमा रहेका यात्रु प्रतीक्षालयमा पनि रङ्ग लगाइएका छन्।

प्रदेशका १२ वटै जिल्लाका जिल्ला समन्वय प्रमुखहरूलाई बोलाइएको छ। 

दाङ जिल्लाका सबै पालिका प्रमुख–उपप्रमुख, अध्यक्ष( उपाध्यक्ष, वडाध्यक्ष लगायतलाई पनि निमन्त्रणा गरिएको छ।

हाल राप्ती गाउँपालिका वडा नं.३  लालमटियास्थित पहिले राप्ती प्राविधिक शिक्षालय रहेको ठाउँमा मुख्य मन्त्री, मुख्यसचिवसहित अन्य मन्त्रालयहरू निर्माण गरिएका छन्। 

मुख्यमन्त्रीको आवास पनि यही भित्र निर्माण गरिएको छ। 

प्रदेश सभाको दुई तिहाइ बहुमतले २०७७ असोज २० गते दाङको राप्ती गाउँपालिकालाई प्रदेश राजधानीको केन्द्र तोकेको थियो।