२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ सरकार बनाउन बाटो खुला, प्रधानमन्त्रीका लागी दलहरुबीच रस्साकस्सी  

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न आम निर्वाचन-२०७९ को परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएसँगै राजनीतिक दलहरुलाई नयाँ सरकार गठन गर्ने बाटो खुला भएको छ । 

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरूले चुनाव सम्पन्न भएको २५ दिनपछि बिहीबार शीतलनिवास पुगेर राष्ट्रपति भण्डारी समक्ष मत परिणामको विवरण प्रतिवेदन बुझाएका हुन् ।

मंसिर २८ गते बुधवार आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक गरेको थियो । चुनावी परिणाम अनुसार प्रतिनिधि सभामा ८९ सिट जित्दै काँग्रेस पहिलो दल भएको छ । त्यसैगरी एमालेले ७८ सिट, नेकपा (माओवादी केन्द्र) ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ सिट, जनता समाजवादी पार्टीले १२ सिट, नेकपा (एकीकृत समाजवादी)ले १० सिट, जनमत पार्टीले ६ सिट, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट जितेका छन् ।

निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याउने ४ हजार २८५ जना उम्मेदवारहरूको धरौटी रकम जफत भएको छ । प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जनाको धारैटी रकम जफत भएको र प्रदेश सभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जनाको धरौटी रकम जफत भएको छ । त्यस्तै प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको निर्वाचनमा १ सिट पनि प्राप्त नगर्ने ४० वटा दलको धरौटी जफत भएको राष्ट्रपति समक्ष बुझाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदेश सभातर्फ भने प्रदेश १ मा ३०, मधेस प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी रकम जफत भएको छ । समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा कम्तीमा १ सिट प्राप्त गरी ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो । जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको छ । ५.०६ प्रतिशत मत भने बदर भएको उनको भनाई छ । 

यस्तै २७५ सिट रहेको प्रतिनिधिसभामा संसद्को सबैभन्दा ठुलो दल काँग्रेसले अन्य गठबन्धन दलको सहयोगमा सरकार बनाउने अनौपचारिक प्रयास थालेपनि औपचारिक रूपमा गठबन्धनभित्र नयाँ सरकार गठनबारे कुनै प्रयास नभएको नेताहरूको भनाइ छ ।

निर्वाचनसँगै काँग्रेसभित्र प्रधानमन्त्रीका आकाङ्क्षी धेरै बन्दा त्यसको व्यवस्थापन गर्न काँग्रेसलाई थप चुनौती छ । काँग्रेसभित्र सभापति देउवासहित पौडेल, महामन्त्री गगन थापा, नेता डा. शेखर कोइराला, प्रकाशमान सिंह लगायतका नेता प्रधानमन्त्रीका आकाङ्क्षी छन् । काँग्रेसको अलवा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ पनि प्रधानमन्त्रीका आकाङ्क्षी देखिएका छन् ।

प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रदेश प्रमुख र मुख्यमन्त्रीलगायतका पदमा प्याकेजमै सहमति गर्ने सत्ता गठबन्धनको तयारी छ । सोही अनुसार उनीहरुबीच एक-अर्कामा अनौपचारिक दाबी र छलफल भएपनि ठोस रूपमा छलफल भइसकेको छैन । 

स्रोतका अनुसार काँग्रेसले अहिलेसम्म प्रधानमन्त्री र राष्ट्रपति दुवै नछोड्ने सङ्केत देखाएको छ । पछिल्लो समय प्रधानमन्त्री तथा सभापति देउवालाई भेट्ने नेताहरुले देउवाको ‘मुड’ प्रधानमन्त्री र राष्ट्रपति दुवै नछोड्ने रहेको बताएका छन् । काँग्रेसले यी दुवै महत्त्वपूर्ण पद नछोडे र माओवादी र नेकपा समाजवादी सहमतिमा नआए हालको गठबन्धन भत्कन सक्ने समेत आँकलन भइरहेका छन् । 

देउवाको यही मुड बुझेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेका नेताहरूसँग समेत नियमित सम्पर्कमा रहेका छन् । तर बुधबार उनले पोखरा पुगेर हालकै गठबन्धनले सरकार बनाउने बताइसकेका छन् । काँग्रेसले प्रधानमन्त्री राखे माओवादी र समाजवादीले राष्ट्रपति र सभामुख पाउनुपर्ने दुई पार्टीका नेताहरूको बुझाई छ ।