२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन सफलतापूर्वक सकियो : निर्वाचन आयोग

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन स्थानीय तह‚ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचन सकिएको मन्तव्य जारी गरेको छ ।

निर्वाचन आयोगमा सोमबार एक कार्यक्रमका बीच आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै तहको निर्वाचन सफलतापूर्वक सकिएको वक्तव्य वाचन गरेर सुनाएका हुन् ।

वक्तव्यमा नेपालको संविधानले अङ्गीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली‚ बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था‚ नागरिक स्वतन्त्रता‚ मानव अधिकार‚ बालिग मताधिकार र आवधिक निर्वाचनलाई मूर्तरूप दिन निर्वाचनको समग्र पक्षलाई व्यवस्थापन‚ सञ्चालन‚ रेखदेख‚ निर्देशन र नियन्त्रण गर्ने जिम्मेवारी आयोगले पूरा गरेको बताइएको छ ।

वक्तव्यमा भनिएको छ, ‘शान्ति‚ स्थिरता‚ समृद्धि र सुशासन’ भन्ने निर्वाचन आयोगको मूल मन्त्रलाई आत्मसात् गरी आयोगको नेतृत्वमा सबै सरोकारवालाहरूको समन्वय‚ सहयोग‚ साझेदारी र सहकार्यमा स्थानीय तह र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन‚ २०७९ मुलुकभर एकै चरणमा सफलतापूर्वक सम्पन्न भएका छन् ।’

तीनै तहको निर्वाचनबाट स्थानीय तहमा ४१ प्रतिशत‚ प्रदेशसभामा ३६.३६ प्रतिशत र संघीय संसद्‌मा ३३.८३ प्रतिशत महिला प्रतिनिधित्व कायम भएको आयोगले बताएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी‚ उपराष्ट्रपति नन्दकिशोर पुन‚ प्रधानमन्त्री शेरबहादुर देउवालगायतको सहभागिता रहेको थियो ।