२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ताका लागि अर्को गठबन्धन बनाउन हुँदैन : विश्वप्रकाश शर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ताको आकाङ्क्षाका लागि अर्को गठबन्धन बनाउन नहुने बताएका छन् ।

मङ्गलवार काठमाडौँमा नेपाल ट्रेड युनियन काँग्रेसले गरेको कार्यक्रममा महामन्त्री शर्माले निर्वाचनमा जाँदा एउटा र चुनाव सकिएपछि सत्ताको आकाङ्क्षाका लागि अर्को गठबन्धन बनाउन नहुनमा जोड दिए ।

सत्ताको आकाङ्क्षा, आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर अहिलेको गठबन्धनलाई जोगाएर जाने कुरामा काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्षहरू गम्भीर हुनुपर्ने उनले बताए । उनले सबै दलले गठबन्धनको आवश्यकता र औचित्यलाई भुल्न नहुने धारणा राखे ।

कुनै समय बहुमत प्राप्त गरेको काँग्रेस अहिले ठूलो दल हुनुमा माओवादी र एकीकृत समाजवादीको साथ र समर्थनलाई भुल्न नहुने उनको भनाइ छ ।

उनले प्रधानमन्त्री आलोपालो हुने भएकाले गठबन्धनकै प्रक्रियाभित्रबाट जानुपर्ने र राष्ट्रपति तथा सभामुखको चयन हुँदै गर्दा आवश्यक राख्ने सहमति, सन्तुलन, परिपक्वताका आधारमा निष्कर्षमा पुग्नुपर्ने बताए ।

राष्ट्रपति व्यक्ति मात्र नभई प्रवृत्तिका रूपमा शीतलनिवास प्रवेश गर्ने भएकाले राष्ट्रपति को बन्ने भन्ने विषय महत्त्वपूर्ण हुने उनले उल्लेख गरे ।

उनले सिद्धान्त र कामको बलमा ट्रेड युनियनलाई बलियो बनाएर लैजानुपर्ने बताए ।