२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा खप्तड-शैलेश्वरी अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुँदै

अ+ अ-

डोटी । डोटीमा खप्तड-शैलेश्वरी अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०७९ को आयोजना गरिने भएको छ । 

३०१ औँ पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा डोटी सिलगढी स्थित भैरव प्रसाद गण र जिल्ला स्तरीय बाल सञ्जालको आयोजना तथा दिपायल सिलगढी नगरपालिका वडा नं ६ र ग्लोबल आईएमई बैङ्क डोटी शाखाको प्रायोजनमा खेलकुद प्रतियोगिता हुन गइरहेको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताए ।

स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नारालाई आत्मसात् गर्दै विद्यालय स्तरमा रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान र खेललाई प्रवर्द्धन गर्न सहयोग पुगोस् भन्ने हेतुले खेलकुद प्रतियोगिताको आयोजना गर्न लागिएको प्रमुख सेनानी कार्कीले बताए ।

पौष ९ गते देखी १२ गते सम्म सिलगढी स्थित टुडीखेलमा आयोजना हुने प्रतियोगितामा छात्र फुटबल तर्फ १० टिम, छात्रा कबड्डी तर्फ १० टिम र चित्रकला प्रतियोगिता तर्फ १० विद्यालयका १-१ जना विद्यार्थीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । 

प्रतियोगितामा फुटबल र कबड्डीमा प्रथम हुने टिमले रु १५ हजार नगद, प्रमाणपत्र र सिल्ड, द्वितीय हुनेले रु १० हजार नगद, प्रमाणपत्र र ट्रफिको व्यवस्था गरिनुका साथै चित्रकला प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रु ३ हजार नगद सहित प्रमाणपत्र उपलब्ध गराइने समेत आयोजकले जनाएको छ । खेलकुद प्रतियोगिताको शनिबार बिहान ९ बजे समुद्घाटन गरिने भएको छ ।