काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई कोशी प्रदेश प्रमुखको अतिरिक्त कार्यभार दिएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) अनुसार राष्ट्रपति पौडेलले कर्णलाई दुवै प्रदेशको जिम्मेवारी सम्हाल्ने गरी कार्यभार तोकेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिअनुसार कोशी प्रदेश प्रमुख पदमा नयाँ नियुक्ति नभएसम्म कर्णले उक्त जिम्मेवारी निर्वाह गर्नेछन् ।
कोशी प्रदेशका तत्कालीन प्रमुख पर्शुराम खापुङ पाँच वर्षे कार्यकाल पूरा गरी गत कात्तिक २३ गते पदबाट बिदा भएका थिए । त्यसयता रिक्त रहेको प्रदेश प्रमुखको जिम्मेवारी कर्णलाई दिइएको हो ।






