७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । आफ्नो कार्यकाल सम्पन्न गरी बिदाइ हुन लागेका शर्माले सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका छन् । 

यसबीचमा रुस-युक्रेन युद्धका कारण मूल्य र आपूर्तिमा चाप परेको उनले बताए । यसबाट नेपालको मुद्रास्फीतिलाई समेत प्रभाव परेको उनले बताए । आयातमा प्रतिबन्ध, मार्जिन लगाइएको र निर्वाचनका कारण राजस्वमा भने उनले चाप रहेको स्वीकार गरे । राजस्व कमी हुँदा चुनौती यथावत रहेको उनले बताए ।

वित्त र मौद्रिक नीतिबीच सन्तुलन चाहिने भन्दै उनले त्यसो गर्न नसक्दा अर्थतन्त्रमा समस्या आउने आफूले महसुस गरेको उनको भनाइ छ । यसलाई सन्तुलन गर्ने प्रयत्न गरिएको शर्माले बताए । यसमा राष्ट्र बैङ्कसँग निरन्तर छलफल गरिएको उनको भनाइ छ । ब्याजदर वृद्धि र मागमा आएको सङ्कुचनले बजारमा देखिएको समस्या समाधान गरी चलायमान गरी ऋण प्रवाह आवश्यक रहेको उनको तर्क छ ।

कात्तिक मसान्तसम्म १८ प्रतिशतले आयात र व्यापार घाटा १६ प्रतिशत कम भएको उनले उल्लेख गरे । शोधनान्तर स्थिति २० अर्बले बचतमा रहेको जानकारी गराउँदै विप्रेषण आप्रवाहमा समेत सुधार भएको जानकारी गराए । विदेशी मुद्राको सञ्चितिमा समेत उनले सुधार भएको बताए । पुँजीगत खर्च बढेको र आयातको प्रतिबन्ध बढेको भन्दै अब अर्थतन्त्रका धेरै समस्या हल हुँदै जाने उनको तर्क छ ।

वर्तमान बजेटले कृषिमा विशेष जोड दिएको भन्दै शर्माले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन भूमिका खेल्ने उनको तर्क छ । रोजगारी सिर्जनामा समेत जोड दिइएको उनले बताए । उनले विभिन्न पूर्वाधार परियोजनाबारे समेत उल्लेख गरेका छन् । वैदेशिक सहायता प्राप्तिमा समेत उल्लेख्य प्रगति गरेको उनले बताए । आर्थिक वृद्धिका लक्ष्य प्राप्त हुने उनको भनाइ छ ।

अर्थतन्त्रलाई ठूल्ठूला परिघटनाबाट परेको प्रभावबाट बचाउँदै अगाडि बढाउन सफल भएको उनको भनाइ छ । आफूले अर्थ मन्त्रालयभित्रको सुधारमा समेत उच्च प्राथमिकता दिएको मन्त्री शर्माले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस