२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्थायी शिक्षकलाई ‘गोल्डेन हेण्डसेक’ को अर्को मौका

अ+ अ-

काठमाडौँ । अस्थायी शिक्षकहरूलाई गोल्डेन हेण्डसेकको अर्को मौका दिएको छ । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसअघि छुटेका अस्थायी शिक्षकहरूलाई गोल्डेन हेण्डसेकको अर्को मौका दिएको हो । विगतमा दिइएको सेवा सुविधामा छुटेकाहरूले ३० दिनभित्रमा शिक्षा विकास तथा समन्वय इकाई मार्फत आवेदन दिन सकिने केन्द्रले जनाएको छ । 

२०७३ साल असार १५ गतेसम्म अस्थायी शिक्षकको रूपमा अविछिन्न कार्यरत रही शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा ११ (च) को उपदफा ९ अनुसार सुविधा प्राप्त गर्ने गरी उक्त ऐनको दफा ११ (च) को उपदफा १० बमोजिम स्वतः अवकाश भएका शिक्षकहरूका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७५ चैत्र ११ को सचिवस्तरीय निर्णय अनुसार सेवा सुविधा दिने निर्णय गरेको थियो । 

केही शिक्षकहरूले अझै पनि उक्त सुविधा नपाएको गुनासो गरेपछि शिक्षा विकास तथा समन्वय इकाई, सम्बन्धित अस्थायी शिक्षकहरू तथा शिक्षक महासङ्घमार्फत केन्द्रलाई अनुरोध गरिएको थियो ।  सोही आधारमा केन्द्रले आवेदन दिन अनुरोध गरेको हो ।

ती शिक्षकहरूले आवश्यक कागजातसहितको फाइल सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमार्फत ३० दिनभित्र राष्ट्रिय किताबखाना (शिक्षक) मा पेस गर्नुपर्नेछ । उक्त सुविधाका लागि निवेदन दिने शिक्षकहरूको आवश्यक कागजात सहितको विवरण तोकिएको अवधिभित्रै रुजु तथा प्रमाणित गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई समेत निर्देशन दिएको छ । 

त्यसका लागि निवेदनसाथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित तहको शैक्षिक योग्यताको प्रमाणपत्र, सम्बन्धित तहको नियुक्ति पत्र र समर्थन पत्र/अभिलेखीकरणको पत्र पेस गर्नुपर्नेछ ।  सुविधा प्रदान गर्ने प्रयोजनका लागि अस्थायी सेवा गणना गर्ने आधारहरू समेत तोकिएका छन् ।

त्यसका लागि शुद्ध रिक्त दरबन्दीमा अस्थायी नियुक्ति पाई अविछिन्न रूपमा कार्यरत भई परीक्षाको आवेदन दिन अन्तिम मितिसम्म हुन आउने अवधिलाई आधार मानिनेछ । त्यस्तै स्थायी शिक्षकको पदप्रर्तिको कारणबाट २०७३ असार १५ पछि विस्थापित सट्टा वा अस्थायी शिक्षकको हकमा नियुक्ति पाई विस्थापित भएको मितिसम्मको निरन्तर सेवा अवधि समेत गणना गरिनेछ । 

यसरी सेवा प्रमाणित गर्दा गलत विवरण प्रमाणित गरेको भन्ने प्रमाणित भएमा विभागीय कारबाही हुने समेत चेतावनी दिइएको छ । त्यस्तो हुन नदिनको लागि अभिलेखसँग भिडाई मात्र गर्न केन्द्रले अनुरोध गरेको छ ।