१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलिउड अभिनेता सुशान्तको हत्या भएको दाबी

अ+ अ-

काठमाडौँ । साढे दुई वर्षअघि आफ्नै फ्ल्याटमा मृत भेटिएका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दाबी गरिएको छ।

प्रहरीले उनको मृत्युलाई आत्महत्या भन्दै केस बन्द गरे पनि अस्पतालका कर्मचारीले हत्या भएको दाबी गरेका छन्।

भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार कूपर अस्पतालको शवगृहका कर्मचारी रूपकुमार शाहले अभिनेता सुशान्तको हत्या भएको दाबी गरेका हुन्। उनी सुशान्तको पोस्टमार्टममा सहभागी थिए।

‘सुशान्तको शव पोस्टमार्टमका लागि ल्याउँदा उनको शरीरमा चोटपटक लागेको थियो। उनको घाँटीमा पनि दुईरतीन वटा चोट थियो। यस पूरै प्रक्रियालाई रेकर्ड गर्न आवश्यक थियो तर उच्च अधिकारीहरूले शरीरको मात्र तस्बिर लिन आदेश दिएका थिए। मैले उनीहरूले दिएको आदेश पालना गर्नुपर्यो,’ उनले भने।

उनले पहिलो पटक सुशान्तको शव हेर्ने बित्तिकै आत्महत्या होइन हत्या लागेको बताए। शाहका अनुसार पोस्टमार्टमको भिडिओ रेकर्डिङलाई अनुमति दिइएको थिएन। त्यसैले अन्तिम समयमा सुशान्तको शवको अवस्थाको कुनै प्रमाण छैन। पोस्टमार्टम रिपोर्टमा सुशान्तको झुन्डिएका कारण मृत्यु भएको उल्लेख गरिएको थियो।

यसै विषयमा सुशान्तका वकिल विकास सिंहको प्रतिक्रिया आएको छ। उनले सुशान्तको केसमा षड्यन्त्र भएको बताउँदै सिबिआई पनि उक्त षड्यन्त्रमा सहभागी भएको आशंका व्यक्ति गरेका छन्।

१४ जुन सन् २०२० मा अभिनेता सुशान्त बान्द्राको आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा भेटिएका थिए। सुरुमा घटनालाई आत्महत्या भने पनि मिडिया र सामाजिक सञ्जालको दबाबका बीच घटनाको अनुसन्धानको जिम्मा सिबिआईलाई सुम्पिएको थियो।

प्रतिक्रिया दिनुहोस