२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिडिओ, नगर प्रमुख र समन्वय प्रमुखलाई टोपी

अ+ अ-

डोटी । बागेश्वरी असल शासन क्लब(बास) डोटी शाखाले डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिंह खड्का र जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहलाई टोपी हस्तान्तरण गरेको छ । 

राष्ट्रिय टोपी दिवसको अवसरमा राष्ट्रिय पोसाकको संरक्षण र नियमित प्रयोग गर्न आम नागरिक तयार हुन भन्ने हेतुले साङ्केतिक रूपमा जिल्लाका सरोकारवाला निकायहरूलाई टोपी हस्तान्तरण गरेको बास डोटी शाखाका अध्यक्ष गणेश मौनीले बताए ।

विदेशी संस्कृतिको प्रभावले नेपाली कला, संस्कृति ऐतिहासिक भेषभुषा लोभ हुँदै गएको नेपालीको पहिचानलाई कायम राख्न नेपाली पोसाकको संरक्षण गर्न आवश्यक रहेको समेत अध्यक्ष मौनीले बताए । 

राष्ट्रिय पोसाकको नियमित प्रयोग र जर्गेना गर्नु आम नागरिकको कर्तव्य रहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । नेपालीको पहिचान दिने विभिन्न सामाग्री मध्य नेपाली टोपी पनि एक रहेकोले आवश्यकता अनुसार यसको प्रयोग गर्नुपर्छ राष्ट्र र राष्ट्रियता प्रतिको भाव जगाउनु पर्छ । 

देश विदेश जुनसुकै ठाउँमा जाँदा राष्ट्रिय पोसाकले गर्दा नेपालीको पहिचान हुने गरेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले बताए । 

नेपालीको पहिचान भनेको राष्ट्रिय पोसाक रहेकोले यसको संरक्षण, नियमित प्रयोग गर्न तर्फ सबैको ध्यान जान आवश्यक रहेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । 

लुम्बिनी प्रदेशको बाँके जिल्लामा केन्द्रीय कार्यालय रहेको बासले सुशासन, पारदर्शिता र जबाफदेहिताको क्षेत्रमा लामो समय देखी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । बासले पछिल्लो समयमा युवा सशक्तीकरण, महिला, बालबालिकाको क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरू गर्नुका साथै जिल्लाका विभिन्न सवालहरूमा सरोकारवाला निकायहरूलाई खबरदारी समेत गरिरहेको छ ।