२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महासङ्घद्वारा अर्थमन्त्री पौडेल र गृहमन्त्री लामिछानेको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछानेसँग निर्माण उद्योगका समसामयिक समस्याहरूबारे जानकारी गराएको छ ।

सोमबार महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगका भेटमा उपप्रधानमन्त्रीद्वयले आवश्यक अध्ययन गरी निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

महासङ्घ प्रतिनिधिमण्डलसँगको छलफलमा प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वाधार निर्माण नै समृद्ध मुलुकको आयाम भएको बताए ।

निर्माण उद्योग सक्षम तथा सबल हुनुपर्ने भन्दै पौडेलले निर्माण व्यवसायीहरूसँग यस उद्योगमा देखिएका समस्या बारे छलफल गर्न सरकार तयार रहेको बताए । तोकिएको लागत तथा समयमा नै गुणस्तरीय कार्य पूरा गर्न उनले निर्माण व्यवसायीहरूलाई सुझाव पनि दिए ।

त्यस्तै, प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्माण उद्योगको समस्याबारे आफू जानकार रहेको बताउँदै निर्माण व्यवसायीहरूका समस्याबारे अध्ययन गरी समाधान खोजिने जानकारी दिए ।  

लामिछानेले व्यवसायीहरूलाई कसेर होइन, उनीहरूसँग सहकार्य गरी अघि बढ्ने सोचमा सरकार रहेको प्रस्ट पारे । उनले जनचाहनाअनुसार गुणस्तरीय निर्माण कार्यलाई प्राथमिकता दिन व्यवसायीहरूलाई सुझाव दिए । 

उपप्रधानमन्त्रीद्वयसमक्ष महासङ्घका अध्यक्ष रवि सिंहले आर्थिक अभावका कारण निर्माण उद्योगले चरम सङ्कट झेलिरहेको बताए । सार्वजनिक खरिद कानुनअनुसार निर्माण व्यवसायीहरूले पाउनु पर्ने २० प्रतिशत मोबिलाइजेसन रकम उपलब्ध गराउन अध्यक्ष सिंहले आग्रह गरे ।  

निर्माण सम्पन्न भएका परियोजनाहरूको समेत भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा परेको अध्यक्ष सिंहले भनाइ थियो । महासङ्घ प्रतिनिधिमण्डलले धरौटी रकम फिर्ता, पाँच प्याकेजको कार्यान्वयन, शान्ति सुरक्षालगायतका विषयमा पनि ध्यानाकर्षण गराएको छ ।