२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपा र एकीकृत समाजवादीबीच पार्टी एकता गर्ने तयारी

अ+ अ-

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको विषयमा बहस सुरु भएको छ । जसपाको राजनीतिक समितिको बैठकमा यसबारे छलफल चलिरहेको छ ।

जसपाको राजनीतिक समितिको मङ्गलवारको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । बैठकमा सहभागी जसपा राजनीतिक समितिका सदस्य मनिकर कार्कीले नेकपा एकीकृत समाजवादीसँगको एकताबारे छलफल जारी रहेको बताए ।

सोमबार एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि पत्रकारहरूसँग कुरा गर्दै जसपा सँग पार्टी एकताबारे छलफल चलिरहेको सङ्केत गरेका थिए ।

माधव नेपालले नेकपा एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । उक्त पार्टी २०७८ भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको थियो ।

गत मंसिर ४ मा भएको निर्वाचनमा एकीकृत समाजवादीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १० सिट जितेको छ । तर थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न भने सकेन । उपेन्द्र यादव नेतृत्वको जसपाका १२ सांसद छन् । सो पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट जितेको थियो ।

यदि एकीकृत समाजवादी र जसपाबीच पार्टी एकता भए सो पार्टीका २२ सांसद पुग्नेछन् । उक्त पार्टी संसदमा चौथो ठूलो दल बन्ने छ । हाल २० सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल छ ।