२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुटानी-पिसानी गर्न अझै पनि घट्टकै भर

अ+ अ-

मान्म । कालीकोट नरहरिनाथ गाउँपालिकाका बासिन्दा कुटानी–पिसानीका लागि घट्टको प्रयोग गर्ने गरेका छन् ।

रहगाड खोलामा परम्परागत पानी घट्ट रहेका छन् । विद्युत्को सुविधा नभएको गाउँपालिकामा कुटानी–पिसानीका लागि आधुनिक मिल अहिलेसम्म छैन ।

नरहरिनाथ–८ खुलालुदेखि वडा नं ९ लालु, ५ को रुप्सा र ७ को उच्छवसम्म पानी घट्ट छन् । नरहरिनाथ –९ लालुमा स्थित श्री जनप्रभात माविका सहायक प्रधानाध्यापक मीनबहादुर रावलले भने, ‘खुलालुदेखि लालु, माल्कोट र रुप्सासम्म रहेको रहगाड खोलामा परम्परागत पानी घट्ट रहेका छन् ।’

आधुनिक मिल नहुँदा गहुँ, कोदो, मकै पीठो बनाउनका लागि परम्परागत पानी घट्टको प्रयोग हुँदै आएका कारणले एउटै खोलामा धेरै पानी घट्ट भएको नरहरिनाथ–१ कोटबाडाका स्थानीय कटबहादुर विष्टले बताए ।

‘नरहरिनाथ गाउँपालिकामा पाँच वटा गाउँ रहेका छन् । लालु, माल्कोट, रुप्सा, कोटवाडा र कुमालगाउँ यहाँका सबैले कुटानी–पिसानीका लागि घट्टको प्रयोग गर्ने गरेका छन् ।’ उनले भने, ‘त्यसैले रहगाड खोलामा धेरै पानी घट्ट रहेका हुन् ।’

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जनगणनाअनुसार नरहरिनाथ गाउँपालिकामा पारिवारिक घरधुरीको सङ्ख्या चार हजार चार सय २२ रहेको र जनसङ्ख्या २२ हजार चार सय १४ जना रहेकामा सबैले पानी घट्टमा नै कुटानी–पिसानी गर्ने गरेको गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाहले जानकारी दिए ।

‘गाउँपालिकाभरि कुटानी– पिसानीका लागि आधुनिक मिल छैन ।’ उनले भने, ‘गाउँपालिकाका सबै जनाले पानी घट्टमा नै कुटानी–पिसानी गरेको पीठो खानुहुन्छ ।’